onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्वकप छ्नोट यात्रामा नेपालको पहिलो जित

काठमाडौं (अनलाइन खेलखबर ) । घरेलु टोली नेपालले आईसीसी विश्वकप लिग – २ मा पहिलो जित हासिल गरेको छ ।

शनिबार भएको खेलमा अमेरिकालाई ३५ रनले पराजित गरेसँगै लिगमा नेपालले पहिलो जित दर्ता गर्न सफल भयो ।

खेलमा नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको विजयी लक्ष्यलाई पछ्याएको अमेरिका ४४.१ ओभरमा अलआउट हुँदै १सय ५५ रनमा सिमित हुन पुग्दा खेल नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।

उसका लागि होलान्डले सर्वाधिक ठूलो योगदान गर्ने क्रममा ७५ रनको योगदान गरे । १११ बलको सामना गरेका उनले उक्त रन बनाउँने क्रममा ७ चौका प्रहार गरे भने क्यामरन स्टीवन्सनले १९ रन बनाउनु बाहेक अन्य खेलाडीबाट अमेरिकाले साथ नपाउँदा टिम पराजित हुन पुग्यो ।

बलिङतर्फ नेपालका करण केसि ४ र सुशन भारीले ३ विकेट हात पारे भने सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट हात पारे ।

त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो ।

खेलमा निकै खराब सुरुवात गरेको नेपालले आफ्नो ५० रन पूरा गर्दा महत्वपूर्ण ५ विकेट गुमाईसकेको थियो ।

जसअन्तर्गत खेलमा ३.१ ओभरमा टिमको स्कोर ६ रन हुँदा सुवास खकुरेललाई ब्यक्तिगत ३ रनमा गुमाएको नेपालले थप ४३ रन थप्दा थप ४ विकेट गुमाएको थियो ।

जसमध्य दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट हुन पुगे ।१३.५ ओभरमा टिमको स्कोर ४६ रन हुँदा आउट हुन पुगेका उनले २१ रन बनाए ।

मल्लपछि दीपेन्द्र सिंह एरि पनि सस्तैमा आउट हुन पुग्दा टिम अझ दबाबमा आएको थियो । उनले खाता खोल्न समेत सकेनन ।यस्तै पारस पनि चौथो विकेटका रुपमा पभेलियन फर्किए ।

५२ बलको सामना गरेका उनले २ चौका सहित १९ रन बनाए । भने मोहम्मद आरिफ शेख पनि २ रन बनाएर आउट हुन पुगेपछि टिम अझ दबाबमा आएको थियो ।

तर त्यो स्थितिमा कुशल मल्ल र विनोद भण्डारीको जोडीले निकै राम्रो ब्याटिङ गर्दै टिमको पारीलाई सम्हान महत्वपूर्ण भूमिका निर्वाह गरे ।

यी दुईबिच छ्ठौं विकेटका लागि ८४ रनको साझेदारी हुन पुगेको थियो । ३५.२ ओभरमा टिमको स्कोर १३३ रन हुँदा कुशल ५० रन बनाएर आउट हुन पुग्यो ।

५१ बलको सामना गरेका उनले ४ चौका र ३ छ्क्कासहित अर्धशतक पूरा गरे । जुन अर्धशतक एकदिवसीय क्रिकेटमा विश्वमा सबैभन्दा कम उमेरको खेलाडीले प्रहार गरेको किर्तिमान बन्यो । उनि हाल १५ वर्ष ३ सय ४० दिनका भएका छ्न ।यसअघि यो किर्तिमान रोहित कुमार पौडेलको नाममा रहेको थियो उनले १६ वर्षको उमेरमा युएईविरुद्धको खेलमा ५५ रन बनाएका थिए ।

यस्तै विनोद भण्डारीले पनि अर्धशतकिय पारी खेले । ७९ बलको सामना गरेका उनले ६ चौका र १ छ्क्कासहित ५९ रन बनाए भने करण केसिले १२ तथा सुशन भारीले पनि ११ रन थप्दा नेपाल त्यो योगफलतर्फ पुग्न सफल भएको थियो ।

बलिङतर्फ अमेरिकाका क्यामरन स्टीवन्सनले ३ तथा रस्टी थेरन र कप्तान सौरभ नेत्रवलकारले समान २/२ विकेट लिएका थिए भने होल्याण्ड र करिमा गोरले पनि समान १/१ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्