onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालको ५० रन पूरा : अवस्था दयनीय

काठमाडौं ( अनलाइन खेलखबर ) | आईसीसी विश्वकप लिग -२ अन्तर्गत आफ्नो दोस्रो खेलमा घरेलु टोली नेपालले अहिले अमेरिकाको सामना गरिरहेको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ताजास्थितिमा २१.१ ओभर भित्र महत्वपूर्ण ५ विकेट गुमाउँदै ५० रन बनाएको छ ।

खेलमा ३.१ ओभरमा टिमको स्कोर ६ रन हुँदा सुवास खकुरेललाई ब्यक्तिगत ३ रनमा गुमाएको नेपालले थप ४४ रन थप्दा ३ विकेट गुमाएको थियो ।

जसमध्य दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट हुन पुगे ।१३.५ ओभरमा टिमको स्कोर ४६ रन हुँदा आउट हुन पुगेका उनले २१ रन बनाए ।

मल्लपछि दीपेन्द्र सिंह एरि पनि सस्तैमा आउट हुन पुग्दा टिम अझ दबाबमा आएको थियो । उनले खाता खोल्न समेत सकेनन ।यस्तै पारस पनि चौथो विकेटका रुपमा पभेलियन फर्किए ।

५२ बलको सामना गरेका उनले २ चौका सहित १९ रन बनाए । भने पारस आउट भएपछि मोहम्मद आरिफ शेख २ रन बनाएको अवस्थामा क्याच आउट पुगे । अहिले मैदानमा कुशल मल्ल र विनोद भण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस्