सावित्रालाई ओजिलको जर्सी उपहार

सावित्रालाई ओजिलको जर्सी उपहार

एजेन्सी । भारतिय महिला लिग इन्डियन वुमन्स लिग (आईलिग) मा खेल्दै गरेकी नेपालकी स्टार फुटबलर सावित्रा भण्डारीले जर्सी उपहार प्राप्त गरेकी छिन् ।

उनले प्राप्त गरेको जर्सी सामान्य जर्सी भने होईन । उनले उपहारस्वरुप प्राप्त गरेको जर्सीमा ईङलिस क्लब आर्सनलका स्टार खेलाडी मेसुट ओजिलको हस्ताक्षर रहेको छ ।

भारतिय लिगमा निकै राम्रो प्रदर्शन गर्दै आएकी सावित्रालाई उनको हस्ताक्षरसहितको जर्सी ओजिलका प्रतिनिधी इकुट सोगुटले हस्तान्तरण गरेका थिए ।

यता जारी लिगमा गोकुलम केरलाबाट खेल्दै गरेकी उनि अहिलेसम्म लिगमा सर्वाधिक गोलकर्ता समेत रहेकी छिन् । उनले हालसम्म १६ गोल गरिसकेकी छिन् ।

सावित्राको जस्तै टिमले पनि लिगमा निकै राम्रो प्रदर्शन गर्दै आएको छ । समूह’बी´ मा रहेको उनको टिमले समूहका सबै पाँच वटै खेलमा जित हासिल गर्दै समूहको विजेताको हैसियतबाट सेमिफाइनल प्रवेश गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *