onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सेमिफाइनलमा सावित्राको टिम केरला र अनिताको सेथु भिड्ने

एजेन्सी । नेपालकी स्टार महिला फुटबलर सावित्रा भण्डारीको टिम गोकुलम केरलाले इन्डियन वुमन्स लिग (आईलिग) मा
समूहका सबै ५ वटै खेलमा जित हासिल गर्दै समूहको विजेताको हैसियतबाट सेमिफाइनल पुगेको छ ।

शुक्रबार समूह ‘बी´को अन्तिम खेलमा केरलाले विदेश-११ एफसीलाई ५-० गोल अन्तरले पराजित गरेपछी केरलाई समूहको विजेता बन्न प्रयाप्त बन्यो ।

खेलमा नेपालकी सावित्राले पनि एक गोल गर्न सफल भएकी थिइन् । उनको खेलको ६३ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । यो सँगै लिगमा उनले आफ्नो गोल सङ्ख्या १६ पुर्याएकी छिन् ।

अब सेमिफाइनलमा केरलाले समूह`ए´को उप -विजेता सेथुसँग सोमबार खेल्नेछ । सेथु त्यही टिम हो जो साविकको च्याम्पियन तथा नेपालकी अनिता बस्नेतले आवद्द भएको टिम समेत हो ।

प्रतिक्रिया दिनुहोस्