onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिप ज्योति अन्तर स्कुल फुटसल प्रतियोगिता फागुन पहिलो साताबाट

काठमाडौं(अनलाइन खेलखबर ) । दिप ज्योति आवासीय माध्यमिक विद्यालयको आयोजनामा फागुनको पहिलो साता दिप ज्योति अन्तर स्कुल फुटसल प्रतियोगिता हुने भएको छ ।

तेस्रो संस्करणको यस दिप ज्योति अन्तर स्कुल फुटसल प्रतियोगिता फागुन १ र २ गते हुने आयोजकले जानकारी गराएको छ ।

तार्केश्वरस्थित जिफो फुटसलमा हुने यस प्रतियोगिताको विजेताले २० हजार पाउने छन् । त्यस्तै उपविजेताले १० हजार पाउने छन् । प्रतियोगितामा सहभागिता जनाउन ४ हजार ५ सय दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्