onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बंगलादेश पहिलोपटक विश्वकपको फाइनलमा

एजेन्सी।दक्षिण अफ्रिकामा जारी आईसीसी यु -१९ एकदिवसीय विश्वकपमा न्युजिल्यान्डलाई पराजित गर्दै बंगलादेश पहिलोपटक फाइनल प्रवेश गरेको छ ।

बिहिबार भएकोदोस्रो सेमिफाइनलमा बंगलादेशले न्युजिल्यान्डमाथि ६ विकेटले जित हासिल गर्दै फाइनल प्रवेश गरेको हो ।

खेलमा न्युजिल्यान्डले दिएको २ सय २२ रनको विजयी चुनौतीलाई बंगलादेशले ४४.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।

बंगलादेशलाई फाइनलसम्म पुर्याउन मोहदुल हसनले शतकीय पारी खेलेका थिए ।१२७ बलको सामना गरेका उनले १३ चौकाको सहयोगमा ठिक १०० रन बनाएका थिए ।

यस्तै तौहीद र शाहदत हुसेनले पनि समान ४०/४० रनको योगदान गरेका थिए ।

बलिङतर्फ न्युजिल्यान्डका डेभिड ह्यान्कक,आदित्य अशोक, क्रिस्टियन क्लार्क र जेसी ताशकोफले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि बेकहम व्हीलर-ग्रीनलले सर्वाधिक ७५ रनको पारी खेलेका थिए ।८३ बलको सामना गरेका उनले ५ चौका र २ छ्क्कासहित उक्त रन बनाएका थिए ।

यस्तै निकोलस लिडस्टोनले ४४ रन तथा फर्गस लेल्म्यानले २४ र ओली वाइटले १८ रन बनाएका थिए भने बाकी खेलाडीबाट सम्झनालायक प्रदर्शन हुन सकेको थिएन ।

बलिङमा बंगलादेशका शोरिफुल इस्लामले ३ तथा शमिम हुसेन र हसन मुरादले समान २/२ विकेट हात पार्दा रकिबुल हसनले पनि १ विकेट हात पारे ।

अब बंगलादेशले उपाधिका लागि साविकको च्याम्पियन भारतसँग आईतबार प्रतिष्पर्दा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्