onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

घरेलु टोली नेपाल पहिलो खेलमै ओमानसँग पराजित

काठमाडौं (अनलाइन खेलखबर ) । आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल ओमानसँग १८ रनले पराजित भएको छ ।

खेलमा ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको विजयी चुनौतीलाई पछ्याएको नेपाल ४६.५ ओभरमा अलआउट हुँदै १ सय ७९ रनमा सिमित भएपछी खेल ओमानले आफ्नो पक्षमा पार्न सफल भयो ।

मध्यम लक्ष्य पछ्याएको भएपनि सुरुवाती अवस्थादेखि नै खराव ब्याटिङ गरेको नेपालले ३.५ ओभरमा टिमको स्कोर ४ रन हुँदा पहिलो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत १ रनमा गुमाएको थियो ।

मल्लपछी पारस खडकाले पनि निराशाजनक प्रदर्शन गरे । उनि ३ रनमा आउट हुन पुगेका थिए ।

दुई ओपनरलाई सस्तैमा गुमाएको नेपालले त्यसपछी तेस्रो विकेटका लागि ६२ रनको साझेदारी पाएको थियो । शरद भेषवाकर र उप -कप्तान दिपेन्द्र सिंह एरिको जोडीले नेपालको पारीलाई उकास्न केहि सहयोग गरेका थिए ।

२०.२ ओभरमा टिमको स्कोर ६६ रन हुँदा मोहम्मद नदीमको बलमा एलबिडब्लुको सिकार हुन पुगेका दिपेन्द्रले ५७ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतमा ३६ रनको योगदान गरे ।

दिपेन्द्र पछी टिमले रोहित कुमार पौडेललाई सून्य रनमा गुमायो भने मोहम्मद आरिफ शेख पनि खेलमा चल्न सकेनन् । उनि ६ रनमा आउट हुन पुगे ।

त्यसपछी शरदलाई साथ दिन विनोद भण्डारी मैदानमा आएका थिए । शरदलाई साथ दिने क्रममा उनले २६ रन जोडे ।

छठौ विकेटका रुपमा पभेलियन फर्किएका विनोदले २ चौका र १ छक्कासहित उक्त रन बनाएका थिए । विनोद पछी करण सुन्य रनमा आउट भएपछी शरद र सन्दीप लामिछानेले ओमानी बलरलाई केहि दबाबको सिर्जना गरेका थिए ।

यी दुईबीच सातौं विकेटका लागि ३८ रनको साझेदारी गर्दै लक्ष्य नजिक पुर्याएका थिए । जसमा शरदले नेपालका लागि सर्वाधिक ठूलो योगदान गर्ने क्रममा ५५ रनको योगदान गर्दा सन्दीपले २८ रन बनाएका थिए ।

बलिङतर्फ ओमानका जिसान मक्सुदले ३ तथा बिलाल खान र कलिमुल्लाले समान २/२ विकेट हात पार्दा अकिब ईलियास , मोहम्मद नदीम र अवार अलिले समान १/१ विकेट हात पारेका थिए ।

त्यसअघि किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो ।

पहिलो ओभरको अन्तिम बलमा टिमका भरपर्दा ओपनर ब्याट्सम्यान जतिन्द्र सिंह करण केसीको बलमा आउट हुन पुगेका थिए । उनले मात्र ४ रन बनाएर पभेलियन फर्किएपछी ओमानको विकेट पतन सुरु भएको थियो ।

त्यसपछी ओमानले ६.४ ओभरमा टिमको स्कोर १९ रन हुँदा अर्को विकेट गुमायो । टिमले दोस्रो विकेटका रुपमा अर्का ओपनर खवार अलिलाई गुमाएको थियो । करण केसीकै बलमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट हुन पुगेका उनले मात्र ५ रन बनाए ।

खवार आउट भएपछी अकिव ईलियासले १६ रनमा बनाएर आउट हुन पुगे । रन आउट हुन पुगेका उनले १६ रन टिमका लागि जोडे ।
यस्तै चौथो विकेटका लागि पभेलियन फर्किएका टिमका कप्तानले पनि त्यति उलेख्य योगदान गर्न असफल भए ।

सुशन भारीको बलमा एलबिडब्लुको सिकार भएका उनले ४० बलको सामना गर्दै ४ चौका सहित २० रन बनाएका थिए । र लगतै ओमानले सुरज कुमारलाई सून्य रनमा गुमाएपछी टिम दबाबमा आएको थियो ।

तर मोहम्मद नदीम र सन्दीप गौडले टिमको पारीलाई उकास्ने क्रममा छठौ विकेटका लागि ६० रनको साझेदारी गरेपछि ओमानले राहतको सास फेरेको थियो ।
३८.४ ओभरमा टिमको स्कोर १ सय १७ रन हुँदा सन्दीप शुसन भारीको बलमा आउट हुन पुगे । ७२ बलको सामना गरेका उनले ३ चौका र १ छक्कासहित ३३ रनको योगदान गरे ।

यस्तै नदीमले भने निकै राम्रो ब्याटिङ प्रस्तुत गर्ने क्रममा अर्धशतकीय पारी खेल्न सफल भए । अविजित रहेका उनले ९६ बलको सामना गर्दै ५ चौका र २ छक्कासहित ६९ रन बनाए ।

र अन्तिममा नसिम खुशीले पनि २८ रनको योगदान गर्दा टिमले सम्मानजक लक्ष्यतर्फ पुगेको हो ।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ४ विकेट हात पारे । आफ्नो स्पेलको ९ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ४७ रन खर्चिएर उक्त विकेट हात पारे ।

यस्तै सुशन भारीले १० ओभरमा मात्र १४ रन खर्चिएर ३ हात पारे भने दिपेन्द्र सिह एरिले पनि १ विकेट लिन सफल भएका थिए ।

अब सिरिजको दोस्रो खेलमा नेपालले सनिबार अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्