onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं (अनलाइन खेलखबर ) | आईसीसी विश्वकप लिग -२ अन्तर्गत अहिले नेपालले आफ्नो पहिलो खेलमा ओमानको सामना गरिरहेको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान अहिले निकै खराब स्थितिमा रहेको छ ।

जारी खेलमा घरेलु टोली नेपालले ओमानको ब्याटिङ ध्वस्त पार्ने क्रम जारी रहेको छ ।

ताजास्थितिमा ओमान २५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ६९ रन बनाएको छ ।

उसका लागि ओपनर ब्याट्सम्यान जितेन्द्रर सिंहले ४ रन खवार अलिले ५ रन बनाएर आउट हुन पुगे ।

सुरुवाती ओपनरलाई सस्तैमा गुमाएको ओमानले त्यसपछि आफ्नो विकेट गुमाईरहेयो ।

जसमा कप्तान जिशान मंसुदले २० रन तथा यकुव ईलियासले १६ रन बनाएर आउट हुँदा सुरज कुमार शून्य रनमा आउट हुन पुगेका थिए ।

बलिङतर्फ नेपालका करन केसि र शुसन भारीले समान २/२ विकेट हात पारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्