onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सावित्राको टिम केरला आईलिगको सेमिफाइनलमा

काठमाडौं (अनलाइन खेलखबर ) | नेपाली स्टार महिला फुटबलर सावित्रा भण्डारीको टिम गोकुलम केरलाले लगातार ४ खेलमा जित निकाल्दै इन्डियन वुमन्स लिग (आईलिग) को सेमिफाइनल पुगेको छ ।

मंगलबार बैंगलोर रंगशालामा भएको समूहको चौथों खेलमा केरलाले बैंगलोर युनाइटेड फुटबल क्लबलाई ५–१ ले पराजित गरेसँगै केरेला समूह’बी’ बाट एक खेल अगावै सेमिफाइनल पुगेको हो ।

खेलमा केरेलाले ५ गोल गर्ने क्रममा नेपालकी
सावित्रा भण्डारीले पनि एक गोल गर्न सफल भएकी थिइन् ।

योसँगै जारी लिगमा उनले आफ्नो गोल सङ्ख्या १२ पुर्याएकी छिन ।

उनले पहिलो खेलमा श्री भुमीविरुद्द १ गोल गरेकी थिइन् । जुन गोल खेलको निर्णायक समेत हुन पुगेको थियो ।

त्यसपछि दोस्रो खेलमा केन्क्रे एफसीविरुद्द ५ गोल गरेकी थिइन् जुन खेल केरेलाले १०–१ ले जितेको थियो ।

भने तेस्रो खेलमा ओडिसा पुलिसविरुद्द सावित्रा एक्कैले ५ गोल गरेकी थिइन । जुन खेलमा केरला ७-० ले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्