onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सिरिज अघि नेपालका मुख्य प्रशिक्षक पटवालको राजिनामा

काठमाडौं ( अनलाइन खेलखबर ) । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवालले प्रशिक्षक पदबाट राजिनामा दिएका छन् ।

उनले यहि बुधबार देखि घरेलुु भूमिमा हुन गईरहेको एकदिवसीय विश्वकप छ्नोट प्रकिया अन्तर्गतको विश्वकप लिग -२ को नेपाल ,ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजपछि नेपाली टोली छोड्ने बताएका छन् ।

त्यसका लागि उनले आफ्नो राजिनामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) लाई बुझाएका छन् । अब पटवालको राजिनालाई आईसीसीले स्वीकृत गर्छ या गर्दैन त्यो उसकै हातमा रहेको छ ।

उनले जेठ १७ गतेबाट नेपाली टोलीलाई सम्हालेका थिए । प्रशिक्षक हुनुअघि उनले जगत टमटाको मातहत नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा जिम्मेवारी निर्बाह गरेका थिए ।

त्यसपछि जगत टमटालाई प्रतिस्थापन गर्दै राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को पहलमा उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालका लागि एक बर्षको लागि जिम्मेवारी दिएको थियो ।

प्रशिक्षकमा नियुक्त भएपछी उनले नेपाललाई आगामि विश्वकपमा नेपाललाई पुर्याउने बाचा समेत गरेका थिए। तर उनि त्यो बाचालाई पूरागर्न असफल भए ।

नेपालले विश्वकपको अन्तिम छ्नोट प्रक्रियामा रहेको ग्लोबल क्वालिफायरमा समेत पुग्न सकेन । त्यसबेला देखि पटवालको व्यापक आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्