onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्सिलोनाले भन्यो ‘ हामी नेपाललाई माया गर्छौ ‘

एजेन्सी । नेपालकी चर्चित नायिका प्रियंका कार्की बार्सिलोनाको खेल हेर्न स्पेन पुगेकी छिन् ।

बार्सिलोना फुटबल क्लबको विशेष आमन्त्रणमा उनि बार्साको खेल हेर्न त्यहाँ पुगेकी हुन ।

उनले त्यहाँ रहेर बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा आईतबार राती भएको खेल पनि अवलोकन गरिन । जुन खेलमा बार्सिलोनाले लेभान्तेलाई २-१ ले पराजित गरेको थियो ।

बार्सिलोना विश्वको चर्चित फुटबल क्लब हो । बार्साका विश्वभर धेरै भन्दा धेरै समर्थकहरु रहेका छन् ।

त्यसमध्यमा पनि बार्सिलोनालाई पछ्याउँने नेपालमा पनि ठूलो जमात रहेको छ ।विशेष गरि बार्सिलोनाका सबै खेलाडी उत्तिकै चर्चित छ ।

त्यसमा विश्व फुटबलका राजा लियोनल मेस्सीले पनि यहि टिमबाट खेल्दै आएको हुँदा अझ नेपालमा बार्सिलोना निकै लोकप्रिय रहेको फुटबल क्लब हो ।

जसरी बार्सिलोना विश्व चर्चित छ त्यसरीनै बेला बेलामा बार्सिलोनाले समर्थकहरुलाई खुशि बनाउँनका लागि देशको प्रतिनिधित्व गर्ने सेलेब्रेटीलाई आमन्त्रण गर्छ ।

र सोही क्रममा प्रियंका यसपटक बार्सिलोनाको खेल हेर्न त्यहाँ पुगिकी हुन् ।

र त्यसपछि बार्सिलोनाले आफ्नो सामाजिक संजालमार्फत प्रियंकाको फोटोसहित हामी नेपाललाई माया गर्छाैं भनेर उल्लेख गरेको छ ।

यस्तै प्रियकाले यसलाई आफ्नोलागि ठूलो मौका र अवसर भएको भन्दै जिन्दगी भर यसकुरालाई भुल्न नसकिने बताएकी छिन् र निकै रमाईलो समेत भएको भन्दै खुशी व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्