onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डिफेन्डिङ च्याम्पियन तथा ४ पटकको बिश्व बिजेता जर्मनी मेक्सिको सगँ पराजित

अनलाईन खेलखबर || रसिया मा जारी फिफा बिश्वकप फुटबल अन्तर्गत आज भएको तेस्रो खेल मा डिफेन्डिङ च्याम्पियन तथा ४ पटक को बिश्व बिजेता जर्मनी मेक्सिको सगँ १-० अन्तरले पराजित भएको छ । यो जर्मनी को बिश्वकप मा मेक्सिको सगँ पहिलो हार हो ।।

निकै नै टक्करपुर्ण बनेको खेल मा पहिलो हाफको ३५ औ मिनेट मा हिरभिङ लोजानो ले मेक्सिको का लागि गोल गरेका थिए । जुन गोल ले जर्मनि माथी ईतिहासिक जित हासिल गर्न प्राप्त बन्यो ।

यस्तै दोस्रो हाफ मा जर्मनी ले केही सुधार गर्दै आक्रमक शैली मा खेल लगेपनी गोल निकाल्न भने सकेनन् । र केही मौका सिर्जना गरे पनि त्यो गोल मा परिणत हुन सकेन र बिश्वकप को दाबेदार मध्य को एक टोलि जर्मनी ले सुरुवात खेल मै पराजित हुन पुग्यो ।

यसअघि आजै भएको क्रोएसिया र नाईजेरिया बिचको खेल मा क्रोएसिया २-० ले बिजयी भएको थियो भने दोस्रो खेल मा सर्बिया ले क्रोस्टरिका लाई १-० ले पराजित गर्न सफल भएको थियो । यो पछि अब आजको अन्तिम खेल ब्राजिल र स्विटरल्यान्ड सगँ पौनै १२ बजे भिडदै छ ।

यस्तै सोमबार पहिलो खेल मा स्विडेन ले दक्षिण कोरिया सगँ खेल्नेछ जुन खेल पौने छ बजे देखि सुरु हुनेछ । यस्तै दोस्रो खेल पौने नौ बजे बेलजियम र पानामा बिच हुनेछ् भने अन्तिम मा पौने १२ बजे ईङ्ल्यान्ड ले ट्युनिसिया सगँ खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्