onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिश्व बिजेता को दौड मा रहेको ब्राजिल का लागि पहिलो खुड्किलो आज

एजेन्सी , अनलाईन खेलखबर || रसिया मा जारी विश्वकप फुटबल मा आज समूह ‘इ’ को दोस्रो खेलमा पाँच पटकको विजेता ब्राजिल ले स्विट्जरल्यान्ड सगँ खेल्दैछ ।

फुटबल को बादसाह का रुपमा बिश्व मा चिनिने सदाँ झै यसपटक को पनि उपाधि को दाबेदार टोलि मध्य को एक हो ब्राजिल । पछिल्लो सन २०१४ मा ब्राजिल मै भएको बिश्वकप मा सेमि फाईनल सम्म को यात्रा गरेको ब्राजिल का ले भने यस पटक उपाधी उचाल्ने भन्दै रसिया बिश्वकप मा सहभागि जनाउदै छ ।

आज खेल्ने लागेका यि दुई टिम फिफा बरियता मा मात्र ४ स्थान को मात्र फरक छ । ब्राजिल फिफा को तेस्रो स्थान मा छ्न भने स्विटजरल्याण्ड छ्ठौ स्थान मा रहेको छ ।

सन् २०१४ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपको सेमिफाइनलको खेल ब्राजिलका लागि पिडादायी रह्यो। जर्मनीसँग फराकिलो ७-१ अन्तरले पराजित भएको ब्राजिल का लागि रसिया बिश्वकप महत्त्वपूर्ण रहने छ त्यो पीडा भुल्न पनि आजको पहिलो खेल ब्राजिल ले जित्न चाहन्छ प्रशिक्षकमा टिटे नियुक्त भएपछि ब्राजिलियन टिम सन्तुलित र आत्मविश्वासी बनेको छ र टिम स्विटजरल्याण्ड बिरुद्द हाबी हुने बिश्वास समेत गरिएको छ ।

फिफा बिश्वकप मा लामो ईतिहास बोकेको ब्राजिल ले ब्राजिलियन टिममा गत संस्करणको विश्वकप खेलेका ६ खेलाडी मात्र छन्। बाँकी १७ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन्। जहाँ युवा लाई टिमले बिश्वास गरेको छ ।

प्लेअफ खेलेर रसियाको टिकट पक्का गरेको स्विट्जरल्यान्डको पनि एउटा राम्रो टिम हो जो जुनसुकै बेला पनि खेल लाई परिबर्तन गर्न सक्ने खुबी स्विटजरल्याण्ड ले राख्छ । र बिगत मा त्यो देखिदै पनि आएको छ ।यसपालि पनि त्यो दोर्हाउदै आफू लाई प्रमाणित गर्न उ तयार पनि देखिन्छ ।

यसरि हेर्दा आज को खेल रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने पक्का छ । पहिलो खेलमा ब्राजिलले धैर्यपूर्ण खेल्दै आफुलाई राम्रो सुरुवात दिलाउन सक्नु पर्नछ यदि आफू लाई दाबेदार को रुपमा प्रस्तुत गर्न पनि स्विटजरल्याण्ड विरुद्ध राम्रो लय देखाउँन जरुरी छ यसले नै ब्राजिल को असलि परिक्षा गर्नेछ । नेइमार, ग्राबियल जेसस, फिलिप काउटिन्हो र विलियमजस्ता अनुभवी तथा प्रतिभावान खेलाडी टिममा हुँदा जितका लागि चाहिने कुरा ब्राजिल मा भएता पनि ढुक्क भैहाल्ने स्थिती छैन किनकि स्विट्जरल्यान्ड पछिल्लो समय मा उच्च लय मा पनि छ । जुन तोडन ब्राजिल का लागि ठोस रणनीती तयार गर्नु पर्ने देखिन्छ ।पछिल्ला २ वार्मअप म्याचमा राम्रो खेल पस्केको थियो। स्पेनसँग १–१ गोलको बराबरी खेलेको स्विटजरल्यान्डले जापानलाई २–० गोलले पराजित गरेको थियो।

इतिहासमा भने ब्राजिल अघि छ। ब्राजिल र स्विट्जरल्यान्डबीच विश्वकपमा अहिलेसम्म भएका दुवै खेल ब्राजिलले जित्न सफल भएको थियो ।

आज भएका र हुन बाकी खेल

१. क्रोएशिया २-० नाईजेरिया ( खेल समाप्त )
२. कोस्टरिका र सर्बिया , समूह “ई ” ( ५:४५ नेपाली समय )
३. जर्मनी र मेक्सिको , समूह “एफ ” ( ८:४५ नेपाली समय )
४. ब्राजिल र स्विटजरल्यान्ड , समूह “ई” ( ११:४५ नेपाली समय )

प्रतिक्रिया दिनुहोस्