onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली क्रिकेट समर्थक समाज चितवनबाट गौतमबुद्ध रंगशालालाई आर्थिक सहयोग

काठमाडौं (अनलाइन खेलखबर ) ।धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनस्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि नेपाली क्रिकेट समर्थक समाज ( एनसीएसएस) चितवनले आर्थिक सहयोग गरेको छ ।

शनिबार समाजले आफ्नो तेस्रो चरणको सहयोग अन्तर्गत फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई नगद २ लाख १६ हजार २ सय ९५ रुपैयाँ हस्तान्तरण गरेको छ ।

यो रकम समाजले पौष २५ देखि माघ ९ गतेसम्म चलेको रत्ननगर महोत्सवमा उठाएको थियो । फाउन्डेसनको स्वीकृतीमा नेपाली क्रिकेट समर्थक समाज, चितवनले महोत्सवमा ‘हिट एण्ड विन’ कार्यक्रम र महोत्सव हेर्न आउँनेसँग स्वईक्छामार्फत रकम उठाएको थियो ।

जसबाट उठेको रकमबाट ४ हजार १५ रुपैयाँ खर्च कटाएर बाँकी सबै फाउन्डेसनलाई हस्तान्तरण गरेको एनसीएसएस चितवनका संयोजक दिनेश नाइसाले अनलाइन खेलखबरलाई जानकारी गराए ।

यसअघि रंगशाला निर्माणको लागि एनसीएसएस केन्द्रले २ लाख र एनसीएसएस चितवनले १ लाख ५० हजार सहयोग गरिसकेको थियो ।

यता रंगशाला निर्माणकार्य अहिले तिब्रगतिमा चलिरहेको छ । जसलाई सम्पन्न गर्न दुई अर्ब ५० करोड जति खर्च हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्