onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्जोगको ह्याट्रिकमा थ्री स्टारको सानदार जित

काठमाडौं ( अनलाइन खेलखबर ) । थ्री स्टारले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अंकतालिकाको पुछारको सरस्वती युथ क्लबमाथि सानदार जित हासिल गरेको छ ।

शनिबार त्रिपुरेश्वरथित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारका सन्जोग राईको ह्याट्रिक गोलको मद्दतमा टिमले सानदार जित हासिल गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने थ्री स्टारले निकै राम्रो कमब्याक गर्यो ।

खेलका नायक सन्जोग राईले दोस्रो हाफमा ह्याट्रिक गरे । त्यसअघि लाल राम्मभ्राले टिमका लागि अग्रता दिलाएका थिए । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए ।

त्यसपछि सन्जोगले लगातार तीन गोल गरे । उनले ५७ , ६० र ७१ मिनेटमा गोल गरेका थिए । उनको ह्याट्रिक जारी लिगको पहिलो ह्याट्रिक हो ।

यो जितसँगै थ्री स्टार १० खेलबाट १७ अंकसहित अंकतालिकाको चौथो स्थानमा रहेको छ भने सरस्वती पुछारमा रहेको छ र रेलिगेसन नजिक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्