onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लियोनल मेस्सी लागी याे विश्वकप अन्तिम हुने, विश्वकप सकिए लगतै सन्यास लिने घाेषणा

सनिश आजाद , अनलाईन खेलखबर ।। विश्वकपकाे सहभागी जनाईरहेकाअर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सि ले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने सङ्केत गरेका छन् । उनले विश्वकप सकिए लगतै आफू अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने घोषणा गरेका हुन् । उनले विश्वकपमा जस्तो नतिजा आएपनि सन्यास लिन नरोकिने स्पष्ट पारेका छन् । यसपटक भने आफूले साँच्चिकै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन चाहेको मेस्सी ले बताएका छन् ।

‘मेरो निर्णय विश्वकप पछि नै आउने छ, तर विश्वकपमा कस्तो किसिमको प्रदर्शन हुन्छ, त्यसमा मेरो फुटबलको फैसला हुनेछ,’ रसिया विश्वकपका सहभागी जनाईरहेका मेस्सी
ले एक समाचार एजेन्सी सगँ भने का छ्न ।।

यसअघि कोपा अमेरिका फुटवटको फाइनलमा पराजित भएपछि मेस्सि ले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । अर्जेन्टिका राष्ट्रपति लगायत करोडौं फुटवलप्रेमीको आग्रहमा मेसीले आफ्नो सन्यास फिर्ता लिएका थिए ।पछिल्ला चार वर्षमा अर्जेन्टिना तीन ठूला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो। तर अर्जेन्टिनाले कुनै एकमा पनि जित निकाल्न सकेको छैन् । यता हिजो मात्र रसिया बिश्वकप मा पहिलो खेल मा अर्जेन्टिना ले आईसल्याण्ड सगँ बराबरी खेल्दै रसिया बिश्वकप को सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्