onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सावित्रा एक्लैले ५ गोल गरेपछि केरलाको लगातार तेस्रो जित

एजेन्सी – नेपालकी स्टार महिला फुटबलर सावित्रा भण्डारी एक्लैले ५ गोल गरेपछि इन्डियन वुमन्स लिग (आईलिग) मा गोकुलम केरलाले लगातार तेस्रो जित हासिल गरेको छ ।

शनिबार भएको खेलमा केरलाले सानदार जित हासिल गर्ने क्रममा केरेलाले ओडिसा पुलिसलाई ७–० ले पराजित गरेको छ ।

केरलालाई जारी लिगमा सानदार जित निकाल्ने क्रममा सावित्रा एक्कैले ५ गोल गरेकी थिइन् ।

जसमा उनले खेलको चोथौ मिनेटमा नै टिमका लागि सुरुवाती अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा सावित्राको गोल सँगै १-० ले अग्रता बनाएको केरलाले दोस्रो हाफमा थप ६ गोल गरेको थियो । जसमा सावित्राले ४ गोल गर्न सफल भएकी थिइन् ।

उनले ५१, ५२, ७४ र ८३ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् ।

योसँगै लिगमा सावित्राले आफ्नो गोल सङ्ख्या ११ पुर्याएकी छिन् । उनले पहिलो खेलमा श्री भुमीविरुद्द १ गोल गरेकी थिइन् । जुन गोल खेलको निर्णायक समेत हुन पुगेको थियो ।

त्यसपछि दोस्रो खेलमा केन्क्रे एफसीविरुद्द ५ गोल गरेकी थिइन् जुन खेल केरेलाले १०–१ जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्