onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कोरोना भाइरसले टोकियो ओलम्पिकलाई प्रभावित नगर्ने

एजेन्सी – जापानमा यस वर्ष तय भएको टोकियो ओलम्पिकका लागि कोरोना भाइरसको कुनै खतरा नरहेको बताएको छ ।

जुलाई २४ तारिख देखि अगस्त ९ तारिखसम्म हुने निर्धारण भएको ओलम्पिक सोही समयमा हुने जापानले विश्व समुदायका लागि जानकारी दिएको छ ।

अहिले चीनमा यस कोरोनाभाइरसकै कारण २५० भन्दा बढीले आफ्नो ज्यान गुमाईसकेका छन् । हजारौ प्रभावित हुन पुगेका छन् जसको उपचार भईरहेको समेत छ ।

यस्तोमा आयोजक जापानमा पनि यस भाइरसले १७ जनालाई प्रभावित गरेको हुँदा त्यहाँको मन्त्रीपरिषदको बैढकले यसबाट आफुहरुलाई चिन्तित पुर्याएको तर ओलम्पिकका लागि चिन्ता गर्नु पर्ने जरुरत नभएको उल्लेख गरेको छ ।

यसका लागि कोरोनाभाईरसको प्रकोपलाई लिएर चाडैनै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) सँग सल्लाह गरिने र त्यसका लागि सुरक्षाका लागि अपनाउनु पर्ने कुरालाई जापानले उच्च प्राथमिकता समेत दिने बताएको छ ।

चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्