सेमिफाइनलमा भारत र पाकिस्तान भिड्ने

सेमिफाइनलमा भारत र पाकिस्तान भिड्ने

एजेन्सी । दक्षिण अफ्रिकामा जारी यु -१९ एकदिवसीय विश्वकपको पहिलो सेमिफाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् ।

शुक्रबार बेनोनीमा भएको अन्तिम क्वाटरफाइन ल खेलमा पाकिस्तानले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेसँगै पाकिस्तानले सेमिफाइनलमा भारतसँग भेट पक्का गरेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४९.१ ओभरमा अलआउट हुँदै १ सय ८९ रनमा सिमित हुन पुगेको थियो ।

त्यसपछि अफगानिस्तानले प्रस्तुत गरेको १ सय ९० रनको विजयी चुनौतीलाई पाकिस्तानले ४१.१ ओभरमा मात्र ४ विकेट गुमाएर भेटाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद हुरैराले सर्वाधिक ६४ तथा हैदर अलिले २८ र मोहम्मद हरिसले २९ रनको योगदान गर्दै टिमलाई सेमिफाइनलसम्म पुर्याएका थिए ।

भारतले भने क्वाटरफाइनलमा अष्ट्रेलियालाई ७४ रनले पराजित गरेको थियो ।

अब यी दुई फाइनल पुग्न मंगलबार प्रतिष्पर्दा हुनेछ ।

यस्तै विश्वकपको दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले बंगलादेशको सामना गर्ने भएको छ ।अब यी दुईबीचको सेमिफाइनल खेल बिहिबार हुनेछ ।

भने विश्वकपको फाइनल अर्को आईतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *