onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ग्रेट हिमालयद्वारा सुविधासम्पन्न नयाँ एकेडेमी सुचारु

काठमाडौं (अनलाइन खेलखबर ) | नेपालको चर्चित तथा प्रतिष्ठित एकेडेमी वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी(जिएचसीए ) ले आफ्नो दोस्रो शाखा ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकास्थित हात्तिवनमा विस्तार गरेको छ ।

७ वर्ष अघि काठमाडौँको सिनामंगलमा स्थापित यस एकेडेमीले आफ्नो दोस्रो शाखाको रुपमा हात्तिवनमा सुबिधासम्पन्न क्रिकेट एकेडेमी र फुटसलको संचालन ल्याएको छ ।

१ करोड ५० लाख जति लगानीमा तयार भएको नयाँ एकेडेमी ४ रोपनी जग्गामा फैलिएको छ । जसमा १ सय ५० भन्दा बढीले प्रशिक्षण गर्न सक्ने गरी एकेडेमी तयार गरिएको छ । जसमा आवसिय व्यवस्था समेत रहेको छ ।

यस्तै एकेडेमीले नेपाललाई एतिहासिक एकदिवसीय मान्यता दिलाउन सफल प्रशिक्षण जगत टमटालाई मुख्य प्रशिक्षकको रुपमा भित्राएको छ ।

यता शुक्रबार एकेडेमीले आफ्नो नयाँ सुबिधा सम्पन्न एकेडेमीलाई एक कार्यक्रम गरि उद्घाटन गरेको थियो ।

जसमा महालक्ष्मी नगरपालिका नगर प्रमुख रामेश्वर श्रेष्ठ, प्रदेश सभा सदस्य माधव पौडेल, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, सिजी कम्पनीका लाल वावु प्रसाद र बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्य लाल भण्डारी लगायतको उपस्थितिमा रहेको थियो ।

यस्तै उक्त कार्यक्रमका दौरान ग्रेट हिमालय क्रिकेट एकेडेमीले चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्द अन्तर्राष्टिय क्रिकेट रंगशालालाई १ लाख सहयोग गरेको थियो ।

एकेडेमीका अध्यक्ष सुदीप शर्माले नेपाली क्रिकेटको तल्लो तहदेखीनै बलियो बनाउँदै नेपाली क्रिकेटमा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीले राखेको बताए ।

७ वर्षदेखि निरन्तर नयाँ खेलाडीप्रती समर्मित एकेडेमीले नेपाली क्रिकेट टिमलाई आफ्ना उत्पादन दिदै आएको छ ।

जसमा राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका ईशान पाण्डे देखि यु – १९ का सागर ढकाल , अभिषेक बस्नेत , हिमान्सु दत्त , प्रकाश विष्ट , विवेक यादव रहेका छ्न ।

यस्तै यु -१६ का प्रशान्त सिंह , विशाल पटेल र दिपक बोहरा पनि एकेडेमीकै उत्पादन हुन ।

प्रतिक्रिया दिनुहोस्