onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

एजेन्सी । कोपा डेल रे फुटबलमा बार्सिलोना क्वाटरफाइनल प्रवेश गरेको छ ।

बिहिबार राती बार्सिलोनाको घरेलु मैदान मा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५–० गोल अन्तरले पराजित गरेसँगै बार्सिलोनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

एकतर्फी बनको खेलमा बार्सिलोनाका एंटोनी ग्रीजमैनले खेलको चौथो मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि २७ औं मिनेटमा बार्सिलोनाले अर्को गोल थप्यो । टिमका लागि दोस्रो गोल क्लेमेंट लेंगलेटले गरेका थिए ।

पहिलो हाफमा २-० ले अगाडी रहेको बार्सिलोनाले दोस्रो हाफमा थप ३ गोल थप्ने क्रममा कप्तान लियोनल मेस्सीले दुई गोल गर्न सफल भए । उनले ५९ र ८९ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै खेलको ७७ औं मिनेटमा आर्थरले टिमका लागि चौथों गोल गरेका थिए ।

यससँगै कोपा डेल रेको क्वाटरफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ । जसमा एथ्लेटिको बिल्वाओ, भ्यालेन्सिया, भिल्लारियल, ग्रानडा, रियल सोसिडाड, रियाल म्याड्रिड, बार्सिलोना र मिरान्डेस रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्