क्रिस गेल नेपालमा खेल्ने पक्का : पोखरामा अनुबन्धित

क्रिस गेल नेपालमा खेल्ने पक्का : पोखरामा अनुबन्धित

काठमाडौं ( अनलाइन खेलखबर ) | वेष्ट इण्डिजका चर्चित बिष्पोटक ब्याट्सम्यान क्रिस गेल नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा खेल्ने पक्का भएको छ ।

उनी ईपीएलमा पोखरा राईनोज बाट खेल्ने भएका छन् । उनलाई टिमले आईकनिक खेलाडीको रुपमा भित्राएको छ ।

पोखराले बिहिबार पत्रकार सम्मेलन गरि क्रिस गेल आफ्नो टिमबाट यसपटकको ईपीएल खेल्ने बताएको थियो ।

गेल अन्तराष्ट्रिय क्रिकेटमा धेरै रुचाईएको खेलाडी मध्यमा पर्छन । जसका विश्वभर करौडौं समर्थकहरु रहेका छन । जसमा
गेललाई पछ्याउँने नेपाली समर्थकहरु पनि बाक्लो सङख्यामा रहेको छ ।

वेष्ट इण्डिजका लागि निकै ठूलो योगदान गरेका गेलले वेस्ट ईन्डिजबाट १०३ टेष्ट , ३ सय १ एकदिवसीय र ३८ टि-ट्वान्टी खेल खेलेका छन ।

विश्व क्रिकेटमा लामो समय बिताएका उनले महत्त्वपूर्ण सफलता हात समेत हात पारेका छ्न जसमा कयौं किर्तिमान पनि उनको नाममा रहेको छ ।

गेलले टि-ट्वान्टीमा १६२७ रन बनाएका छन् । जसमा २ शतक र १३ अर्धशतक सामेल रहेको छ ।

र एकदिवसीयमा १०८४० रन बनाएका छन । जसमा २५ शतक र ५४ अर्धशतक सामेल रहेको छ ।

यसका साथै उनले विश्वको सबैभन्दा ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) मा पनि आफ्नो जादुमय ब्याटिङ प्रस्तुत गरिसकेका छन् ।

उनले आईपीएलमा पन्जाव , बैङ्लोर र कोलकता जस्ता टिमबाट खेलिसकेका छ्न ।

यस्तै गेलसँगै यस संस्करणमा वेस्ट ईन्डिजका स्मिथ ,श्रीलंकाका उपुल थरंगा र अफगानिस्तानका मोहम्मद शाहजाद खेल्ने पक्का भईसकेको छ ।

दक्षिण अफ़्रिकाका हसिम अमला पनि खेल्ने पक्का पक्की भएको छ तर अझैसम्म कुनै टिमले उनलाई अनुबम्धित गरेका भने छैनन् ।

यी वाहेक अन्य विश्व चर्चित केहि खेलाडी अझै आउने कुरा रहेको छ । जसका लागि आयोजकले प्रकिया र आन्तरिक तयारी भईरहेको जानकारी गराएको छ ।

चौंथो संस्करणको यस ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *