onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

 ‘सेन्टी भाइरस’ को नाफाको आधा रकम रंगशालालाई

काठमाडौं (अनलाइन खेलखबर ) । फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेन्टी भाइरस’को नाफाको ५० प्रतिशत रकम जनस्तरबाट चितवनको रामपुरमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रदान गरिने भएको छ ।

हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले निर्माण गरेको चलचित्रको आधा कमाई उनिहरुको नेतृत्वमा बन्दै गरेको रंगशालाका लागि प्रदान गर्ने उनिहरुले घोषणा गरेका छ्न ।

यसअघि उनिहरुले चलचित्रको २० प्रतिशत रकम मात्र रंगशाला निर्माणमा जाने बताएको भएपनि अहिले आएर त्यसलाई वृद्धि गरेर ५० प्रतिशत पुर्याएका छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको यस चलचित्र मा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । 

सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गित , शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।  

यता गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ महायज्ञ सन्चालन गरिने भएको छ ।

जुन माघ १९ गतेदेखि २६ गतेसम्म आयोजना हुँदैछ । जसबाट रु ५० करोड भन्दा बढी रकम उठन सक्ने अनुमान गरिएको छ ।

बृहत धनधान्याञ्चल महोत्सवका लागि अहिले रंगशाला निर्णाणस्थल चितवन जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता भईरहेको छ ।

जसलाई सफल पुर्याउन र यस राम्रो कामका लागि सहयोग गर्न सबैले आग्रह समेत गरेका छ्न ।

महायज्ञलाई सफल तरिकाले सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति समेत गठन गरिएको छ ।

महायज्ञका मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहेका छ्न ।

जनस्तरबाट बन्न लागेको नेपालको पहिलो रंगशालाको अहिले आकार आउने गरी काम अघि बढेको छ ।

जसका लागि मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ ।
अहिले रंगशाला भित्र नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् ।

५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा अहिले मैत्रीपूर्ण खेल हुँदै आएको छ । रंगशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । 

रंगशालामा अहिले देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन समेत गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ  ।

यता रंगशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि केही सहयोग पुग्ने आशासहित यो महायज्ञ गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *