onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

नेपालको खेलको मूल्य २ सय

काठमाडौं(अनलाइन खेलखबर ) । माघ २२ देखि २९ गतेसम्म घरेलु भूमिमा हुन गईरहेको सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छ्नोट अन्तर्गत रहेको विश्वकप लिग -२ को नेपाल , ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजको टिकट मूल्य निर्धारण गरिएको छ ।

जसमा सिरिजको टिकेटिङ पाटर्नरको रुपमा नेपालको पहिलो ई-पेमेन्ट कम्पनी ई-सेवा जोडिएको छ ।

अब सिरिजका खेल हेर्न एक क्लिकका भरमा टिकट लिन सकिनेछ । जसले गर्दा खेल हेर्न मैदान पुग्ने दर्शकहरुलाई टिकट खरिद गर्न कुनै कठिनाई नहुने र छिटो र सरल माध्यमबाट खेललाई दर्शकहरुले नियाल्न पाउँने ब्यबस्था मिलाईएको छ ।

सिरिजका खेलहरुला लागि नेपालको अग्रणी तथा लोकप्रिय ई-सेवाले टिकट खुल्ला चाडैंनै गर्ने जानकारी दिएको छ ।

जसको मूल्य नेपालको खेलमा २ सय रुपैयाँ रअन्य खेलमा १ सय तय गरिएको छ ।

नेपालले सिरिजको पहिलो खेल माघ २२ गते ओमानसँग खेल्नेछ । भने दोस्रो खेलमा माघ २५ मा अमेरिकाको साममा गर्नेछ भने तेस्रोमा २६ गते ओमान र २९ मा अमेरिकासँग फेरी खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *