सिपीएल क्रिकेट : राप्तीले सात स्थानिय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो
काठमाडौं ( अनलाइन खेलखबर ) । माघ १७ देखि २५ गतेसम्म चितवनमा हुन गईरहेको पहिलो संस्करणको चितवन प्रिमियर लिग ( सिपीएल ) का लागि सहभागी मध्यको एक फेन्चाईज टिम राप्ती र्यापिड्सले स्थानिय ७ खेलाडीलाई ट्यालेन्ट हन्टबाट टिमको बन्द प्रशिक्षणका लागि छ्नोट गरेको छ ।
सोमबार भण्डारा माध्यमिक विद्यालयको खेल मैदानमा टिमका कप्तान आकाश थापा र ब्यबस्थापक सुवास रिजालले खेलाडीको प्रदर्शनलाई हेरर बन्द प्रशिक्षणका लागि छ्नोट गरेका छन् ।
जसमा आषिश पाण्डे, लक्की प्रसाद सापकोटा, कृष्ण घिमिरे ,विमल खड्का ,गोविन्द त्रिपाठी,भरत ढुङगेल र पाल्देन लामा रहेका छ्न ।
यी सातबाट बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीहरु टिममा समाबेश गरिने बताईएको छ ।
यता नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघको सह–आयोजनामा पहिलोपटक हुन गईरहेको प्रतियोगिताको तयारी पनि तिब्र गतिमा भईरहेको छ ।
नारायणगढस्थित क्याम्पाचौरमा र केही लिग चरणका खेलहरु निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालास्थित नमुना क्रिकेट मैदानमा हुने प्रतियोगितामा राप्तीसँगै ५ टिमको सहभागिता रहने छ ।
जसमा भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स र सौराहा स्याण्ड्स रहेका छ्न ।
प्रतियोगितामा सहभागी टिमहरुले दुई जना राष्ट्रिय खेलाडी र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । यसअघि टिमहरुले अक्सनमार्फत खेलाडी छ्नोट भने गरिसकेका छन् ।
यता प्रतियोगिताको विजेताले नगद २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ पाउनेछन्।