onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लिगमा पुलिसको चौथों जित

काठमाडौं ( अनलाइन खेलखबर )। नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चौथो जित हासिल गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले लिगमा चौथों जित हासिल गर्ने क्रममा अर्को विभागिय टोली एपीएफलाई १-० ले पराजित गर्यो ।

एपीएफलाई पराजित गर्ने क्रममा पुलिसका कप्तान भोला सिलवालले खेलको १३ औं मिनेटमा गरेको गोल निर्णायक हुन पुग्यो ।

योजितसँगै पुलिस ९ खेलबाट १४ अंकसहित पाँचौ स्थानमा रहेको छ भने पुलिससँग पराजित हुन पुगेको एपीएफ ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्