onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

श्रीलंकन चर्चित खेलाडी उपुल थरंगा ललितपुरबाट ईपीएल खेल्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | श्रीलंकाका चर्चित ब्याट्सम्यान उपुल थरंगा नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा खेल्ने भएका छन् ।

उनी ईपीएलमा साविकको विजेता समेत रहेको ललितपुर प्याट्रियट्सबाट बाट खेल्ने भएका हुन ।

ललितपुरले सोमबार जारी गरेको प्रेस विज्ञप्तिका अनुसार उपुल थरंगा खेल्ने पक्का भएको बताएको छ ।

उपुल थरंगा श्रीलंकाका राम्रा खेलाडीको रुपमा मानिन्छ्न । उमेर समूह हुँदै लामो समय राष्ट्रिय टिममा समेत स्थान बनाएका थरंगाले श्रीलंका क्रिकेटमा राम्रो योगदान पुर्याएका छन ।

अन्तराष्ट्रिय क्रिकेटमा श्रीलंकाका रुचाईएको खेलाडीहरु मध्यमा उनी पनि पर्छ्न । नेपालमा पनि उनलाई पछ्याउँने समर्थकहरु रहेका छ्न ।

सन् २०१९ मार्चमा विश्व क्रिकेटबाट सन्यास लिएका थरंगालेले श्रीलंकाबाट ३१ टेष्ट , २ सय ३५ एकदिवसीय र २६ टि-ट्वान्टी खेल खेलेका छन ।

विश्व क्रिकेटमा लामो समय बिताएका उनले टिमका लागि पनि ठूलो योगदान पुर्याएका छ्न र उनी आफै पनि श्रीलंकाका सफल खेलाडी मध्यमा प्रछ्न ।

उनले एकदिवसीयमा ६९५१ रन बन बनाएका छ्न भने टि – ट्वान्टीमा ४०७ रन बनाएका छ्न ।

यस्तै थरंगा सँगै यो संस्करणको ईपीएलमा वेष्ट इण्डिजका ड्वेन स्मिथ पनि अनुबन्धित भएका छ्न उनी भैरहवाबाट खेल्नेछ्न ।

यस्तै यस संस्करणमा दक्षिण अफ़्रिकाका हसिम अमला पनि खेल्ने पक्का पक्की भएको छ तर अझैसम्म कुनै टिमले उनलाई अनुबम्धित गरेका भने छैनन् ।

यी तीन वाहेक अन्य विश्व चर्चित केहि खेलाडी अझै आउने कुरा रहेको छ । जसका लागि आयोजकले प्रकिया र आन्तरिक तयारी भईरहेको जानकारी गराएको छ ।

चौंथो संस्करणको यस ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *