onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

हेलिकप्टर दुर्घटनामा परी महान बास्केटबल खेलाडी कोबी ब्रायटको निधन

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा परी अमेरिकी महान बास्केटबल खेलाडी कोबी ब्रायट सहित ७ जनाको निधन भएको छ ।

यस दुर्घटनामा उनको १३ वर्षिय छोरीले पनि आफ्नो ज्यान गुमाएकी छिन ।

अन्तरास्ट्रिय संचारमाध्यमका अनुसार उनको आफ्नै निजि हेलिकप्टरमा यात्रा गरिरहेका थिए ।

हेलिकप्टर बाक्लो कुहिरोका कारण ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना हुनुअघि नै हेलिकप्टरले बेग्लै आवाज निकालेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी गराएका थिए ।

२० वर्षिय बास्केटबलको करियरमा उनले कयौं किर्तिमानहरु आफ्नो नाममा लेखाउँन सफल भए ।

५ पटक एनबीए उपाधि सहित २ पटक ओलम्पिकमा स्वर्ण जितेका उनले अन्य कयौं प्रतियोगिता जितेका छ्न ।

उनले सन् २०१६ अप्रिलमा खेल जिवनबाट संन्यास लिएका थिए । आफ्नो खेल जीवनमा उनी १८ सिजन अल स्टार टोलीमा पर्दै दुर्लभ सफलता समेत हात पारेका थिए ।

उनको निधनपछि अहिले उनका समर्थकहरु लगायत विश्वभरलाई चिन्तित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्