onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

सिक्सरका राजा युवराज सिंह अष्ट्रेलियामा खेल्ने

एजेन्सी । सिक्सरका राजा पूर्व भारतीय खेलाडी युवराज सिंह अष्ट्रेलियामा यहि फेब्रुअरी ८ तारिखमा हुने एक च्यारिटी खेलमा खेल्ने भएका छ्न ।

अष्ट्रेलियामा भएको विनाशकारी डढेलोका कारण नोक्सान पुगेकाका लागि सहयोगार्थ हुन लागेको बुशफायर च्यारिटी खेलमा युवराज खेल्ने भएका हुन ।

यस च्यारिटी खेलमा लेजेन्ड तथा पूर्व अष्ट्रेलियन खेलाडीहरु सहभागी जनाउँदै छ्न ।

युवराज पूर्व अष्ट्रेलियन कप्तान रिकी पोंटिंग कप्तान रहेको टिमबाट खेल्नेछ्न । यो टोलीको प्रशिक्षकमा सचिन तेन्दुलकर रहेका छ्न ।

बिग ब्यास फाइनल अघि हुन लागेको उक्त च्यारिटीबाट उठेको रकम अष्ट्रेलियन रेड क्रसलाई प्रदान गरिने बताईएको छ ।

क्रिकेट अष्ट्रेलियाले डढेलोले प्रभावित गरेको सामुदायिक क्रिकेट क्लबको सहयोगका लागि २ मिलियन अमेरिकन डलर प्रदान गरिसकेको छ ।

यस्तै  अर्को टिमको कप्तानी शेन वार्नले गर्नेछन् । जसको प्रशिक्षकमा वेस्ट इण्डिजका पुर्व बलर कर्ट्नी वाल्सले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *