onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेलबर्नले क्वालिफायरमा सिड्नी सिक्सर्सको सामना गर्ने : जिते फाइनलमा

एजेन्सी । नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेआबद्ध मेलबर्न स्टार्सले बिग ब्यासको क्वालिफायरमा सिड्नी सिक्सर्ससँग खेल्ने भएको छ ।

लिगको प्राबधान अनुसार लिग चरणका पहिलो र दोस्रो स्थानमा रहने टिमले क्वालिफायरका लागि छ्नोट हुने रहेको छ ।

जसमा मेलबर्न १४ खेलबाट १० खेलमा जित हासिल गर्दै २० अंकका साथ पहिलो स्थानमा रहयो भने दोस्रो स्थानमा १९ अंकका साथ सिड्नी सिक्सर्स रहयो ।

अब यी दुईबीच जनवरी ३१ अर्थात शुक्रबार खेल हुनेछ । जित्ने टिमले फेब्रुअरी ८ तारिखमा हुने फाइनलमा स्थान पक्का गर्नेछ ।

यता यो खेलमा पराजित भएको टिमलाई अर्को मौका रहने छ । जुन ‘ च्यालेन्जरमा´ भिड्ने छ । जसको विजेताले क्वालिफायरको विजेतासँग फाइनल खेल्नेछ ।

च्यालेन्जरमा पुग्नका लागि २ चरण पार गर्नु पर्नेछ । पहिलो भनेको लिगको चौथों र पाँचौ स्थानमा रहने टिमबीच जनवरी ३० तारिखमा एलिमिनेटर खेल हुनेछ ।

यसको विजेताले तेस्रो स्थानमा रहेको टिम एडिलेड स्ट्राइकर्स सँग १ फेब्रुअरीमा नकआउट खेल्नेछ ।

यो खेलको विजेताले बल्ल क्वालिफायरको पराजित टिमसँग फेब्रुअरी ६ मा च्यालेन्जर खेल्नेछ ।

यो पनि –
सन्दीप आज स्वदेश फर्किदै

प्रतिक्रिया दिनुहोस्