न्युजिल्याण्डमाथि भारतको लगातार दोस्रो जित

न्युजिल्याण्डमाथि भारतको लगातार दोस्रो जित

एजेन्सी । न्युजिल्याण्ड र भारतबीचको ५ खेलको टि – ट्वान्टी सिरिजमा पाहुना टोली भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।

आईतबार भएको सिरिजको दोस्रो खेलमा भारतले घरेलु टोली न्युजिल्याण्डलाई ७ विकेटले निराश बनायो । यसअघि पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ३३ रनको सम्मानजनक स्कोरलाई भारतले १७.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

सामान्य लक्ष्य पछ्याएको भएपनि भारतका लागि सुरुवात भने सुखद रहेन । पहिलो ओभरमै भरपर्दा ओपनर ब्याट्सम्यान रोहित शर्मालाई टिमले सस्तैमा गुमाउने क्रममा ८ रनमा गुमायो ।

यस्तै कप्तान विराट कोहली पनि आजको खेलमा चल्न सकेनन । ५.२ ओभरमा टिमको स्कोर ३९ रन हुँदा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका विराटले ११ रन बनाए । रोहित र विराट दुबैलाई टिम साउथीले आउट गराएका थिए ।

त्यसपछि भने लोकेश राहुल र श्रेयस अय्यरको जोडीले उत्कृष्ट ब्याटिङ गर्दै तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेपछी टिम सहज जिततर्फ पुग्यो ।

१६.३ ओभरमा टिमको स्कोर १ सय २५ हुँदा त ईश सोधीको बलमा आउट हुन पुगेका श्रेयसले ४४ रनको योगदान गरे । मात्र ३३ बलको सामना गरेका उनले ४४ रन बनाउने क्रममा १ चौका र ३ छ्क्का प्रहार गरेका थिए ।

यस्तै खेलका नायक लोकेश राहुल ५७ रनमा अविजित रहे । ५० बलको सामना गरेका उनले ३ चौका र २ छ्क्कासहित उक्त रन बनाए । यस्तै सिभम दुबे पनि ८ रनमा अबिजित रहे ।

त्यसअघि अकल्याण्डस्थित ईडेन पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ३२ रन बनाउन सफल भएको थियो ।

खेलमा राम्रो सुरुवात गरेको भएपनी आशा गरेका खेलाडी र पछिल्लो क्रमका खेलाडीबाट सन्तोषजनक प्रदर्शन हुन नसक्दा टिम मध्यम स्कोरकै रोकिएको थियो ।

५.६ ओभरमा टिमको स्कोर ४८ रन हुँदा पहिलो विकेट गुमाएको न्युजिल्याण्डले थप ३३ रन थप्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो ।

पहिलो विकेटका रुपमा पभेलियन फर्किएका मार्टिन गुप्टिलले ३३ रनको योगदान गरेका थिए ।

सार्दुल ठाकुरको बलमा कप्तान विराट कोहलीको हातबाट क्याच आउट हुन पुगेका गुप्टिलले २० बलको सामना गर्दै ४ चौका र २ छ्क्कासहित उक्त रन बनाएका थिए ।

गुप्टिल आउट भएपछी अर्का ओपनर कोलिन मुनरो पनि आउट हुन पुगे । सिभव दुबेको बलमा विराटको हातमा क्याच आउट हुन पुगेका मुनरोले २६ रन बनाए ।

त्यसपछि न्युजिल्याण्डले सस्तैमा दुई विकेट गुमायो । जसमा कप्तान केन विलियमसन १३ रन र कोलिन डि ग्रान्डहोम ३ रनमा आउट हुन पुगेका थिए ।

सुरुवाती चार भरपर्दा ब्याट्सम्यानलाई गुमाईसकेपछि न्युजिल्याण्डका लागि रोस टेलर र टिम सेफर्टले पारीलाई सम्हालेका थिए ।

यी दुईबीच पाँचौ विकेटका लागि ४४ रनको साझेदारी हुन पुगेको थियो । २४ बलको सामना गरेका रोसले १८ रन बनाए ।

भने टिम सेफर्टले अविजित रह्दै ३३ रनको योगदान गरेपछि टिमले भारतसामु सम्मानजनक चुनौती प्रस्तुत गर्न सफल भएको थियो ।

बलिङतर्फ भारतका रविन्द्र जडेजाले २ तथा सार्दुल ठाकुर र शिभम दुबे र जसप्रित बुमराहले समान १/१ विकेट लिएका थिए ।

अब सिरिजको तेस्रो खेल बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *