onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

फाइनल नजिक रहेको मेलबर्नलाई ठूलो राहत

एजेन्सी । पाकिस्तानका युवा क्रिकेटर हरिस रउफ बंगलादेशसँगको टि – ट्वान्टी खेल सकेपछी अष्ट्रेलिया फर्किने भएपछी मेलबर्न स्टार्सलाई ठूलो राहत मिलेको छ ।

अष्ट्रेलियाको उच्च लिग बिग ब्यासको फाइनल नजिक रहेको मेलबर्नका लागि हरिसको आगमनले उर्जा पक्कै दिनेछ ।

नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने यस बिचमा नेपाली भूमिमा माघ २२ देखि २९ सम्म हुन गईरहेको ओमान , अमेरिका र नेपालबीचको त्रिकोणात्मक सिरिज खेल्न नेपाल आउँदै छ्न ।

यस्तोमा हरिस पनि टि-ट्वान्टी पछि बंगलादेश र पाकिस्तानबीचको टेस्टका लागि टिममा छ्नोट भएको भए । मेलवर्नले सन्दीपसँगै हरिसलाई पनि गुमाउनु पर्ने हुन्थ्यो । तर उनि टेस्ट टिममा पर्न असफल रहे ।

जसले गर्दा मेलबर्नको अबको बाकी खेलमा हरिसको उपस्थिती रहने छ । हरिस अब बंगलादेशसँगको अन्तिम टि – ट्वान्टी जुन सोमबार हुँदैछ । यो खेल खेलेपछि हरिस अष्ट्रेलिया फर्किने छ्न ।

जारी लिगमा हरिसले ७ खेलबाट १६ विकेट लिईसकेका छ्न । अब मेलबर्नको क्वालिफायर खेल शुक्रबार रहेको छ । यदि यो खेल जितेमा मेलबर्न फाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्