onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीप आज स्वदेश फर्किदै

काठमाडौं ( अनलाइन खेलखबर ) । अष्ट्रेलियाको उच्च लिग बिग ब्यासलाई बीचमै छोडेर युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आज स्वदेश फर्किदै छ्न ।

बिग ब्यासमा मेलबर्न स्टार्सबाट खेलेका उनको टिम लिगमा क्वालिफायर समेत भएको छ यस्तोमा उनी घरेलु भूमिमा हुन गईरहेको ओमान , अमेरिका र नेपालबीचको त्रिकोणात्मक सिरिज खेल्न स्वदेश फर्किन लागेका हुन ।

सिरिज यहि माघ २२ देखि २९ सम्म किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

यस्तोमा सन्दीप स्वदेश फर्किएपछी मेलबर्नको आगागि यात्रामा केही असहज पक्कै हुनेछ । जारी लिगमा राम्रो प्रदर्शन उनिबाट हुन पुगेको थियो ।

टिमले उनलाई निकै विश्वास गरेको थियो । र सन्दीपले पनि टिमको विश्वासलाई पनि न्याय पुर्याएका थिए ।

जसको फलस्वरुप उनले लिग चरणमा १४ खेल मध्य १३ खेलमा खेल्न मौका पाए जसमा उनले १५ विकेट पनि लिन सफल भए ।

यता अब उनको टिम मेलबर्नको आगामी क्वालिफायरको खेल शुक्रबार रहेको छ । यो खेल जितेमा मेलबर्न सिधै फाइनल पुग्नेछ । पराजित भएको खण्डमा पनि अर्को मौका भने हुनेछ ।

प्रतिक्रिया दिनुहोस्