onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

भाग्यले पाएको मौका : विश्वकपमा रमाउँदै खेलाडीहरु

शलमान शाह(अनलाइन खेलखबर )। भनिन्छ नि,भाग्यको अगाडी कसैको केही लाग्दैन , कहिलेकाहिँ भाग्यले यसरी साथ दिन्छ कि त्यो प्राप्त गर्नेलाई समेत विश्वसनिय लाग्दैन ।

हो यहि कुरा सुरुमा जापनिज युवा क्रिकेटरलाई लागेको थिएन । पत्याउँन गार्हो भईरहेको थियो ,जब जापान पहिलो पटक अण्डर १९ विश्वकपका लागि छनोट भएको थियो । जुन अहिले दक्षिण अफ्रिकामा जारी रहेको छ ।

विश्वकपमा छ्नोट भएपछी खेलाडीका खुशीको सिमा रहेन , जुन स्वाभाविक समेत हो । सफलतामा जसलाई पनि रमाउन मन लाग्छ । जापनिज खेलाडीहरु पनि रमाए .. र रमाउँदै छ्न ।

पछिल्लो समय क्रिकेटमा पनि जापानले लगानी गरिरहेको छ । जापनिजहरु अहिले क्रमश क्रिकेटलाई पछ्याउँदै छ्न ।

यस्तोमा एक्कासी युवा क्रिकेट टोलीले विश्वकप खेल्दैछ भन्ने खबर बाहिर आएपछि त्यो जापानमा जापनिजका लागि ठूलो चर्चाको विषय बन्यो ।

आखिर किन नबनोस यो जापनिज क्रिकेटको अहिलेसम्मकै ठूलो उपलब्धि समेत रहेको थियो ।

यता जापान विश्वकप खेल्ने भएपछी त्यसको चर्चा जापानमा जति भयो होला त्यसको दोब्बर तेब्बर चर्चा अन्तर्राष्ट्रिय स्तरमा भयो ।

अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जापानको खबरलाई उच्च प्राथमिकताका साथ स्थान दिए । जसले झन जापनिज युवा क्रिकेट टोलीको चर्चा चुलियो ।

औद्योगिक क्षेत्रबाट बिकशीत बनेको जापानमा अहिले खेलकुदमा ठूलो लगानी छ । पुर्वाधार प्रशस्त छ, खेलाडीप्रती राज्यको ठूलो सम्मान छ ।

तुलनात्मक रुपमा जापानमा क्रिकेटको स्थान धेरै पछि छ । सबैभन्दा लोकप्रिय खेल फुटबलनै हो जापानको ,त्यसपछि अन्य खेलहरु आउँछ्न तर क्रिकेट धेरै पछि छ ।

क्रमश , अहिले क्रिकेटले जापानलाई छुदै छ । जापनिज क्रिकेट खेललाई बुज्दै छ्न । युवाहरु क्रिकेटप्रती लोभिएका छ्न । जुन आफैमा क्रिकेटका लागि सकारात्मक कुरा हो ।

जापान जस्तो विकशीत मुलुक क्रिकेटमा जोडिन्छ भने त्यसले यस खेलप्रती ठूलो सहयोग र भूमिका निर्वाह गर्नेछ ।

यसरी पहिलो पटक विश्वकप खेलेको जापान आखिर कसरी विश्वकप सम्म पुग्यो । त्यसको आफ्नै रोचक कुरा र भाग्यको साथ रहेको छ् ।

सायद पपुवा न्युगिनीका केही खेलाडीले सम्मेमित भएको भए जापान विश्वकप खेल्न होईन कि विश्वकप कहिले खेल्न सकिन्छ भनेर योजना बनाईरहेको हुन्थ्यो ।

पपुवा न्युगिनि जो जापानकै रिजनबाट् खेल्ने गर्छ । क्रिकेटमा पपुवा न्युगिनी नयाँ नाम होईन उमेरसमूह देखि राष्ट्रिय टिमसम्म पपुवा न्युगिनि एसोसियटको राम्रो टिममध्य मानिन्छ ।

पपुवा न्युगिनी क्रिकेटमा उदाउँदै गरेको एउटा चम्किलो तारा हो । तर पपुवा न्युगिनिको क्रिकेट ईतिहासमा एउटा कालो दिन आयो त्यो थियो रिजन छ्नोटको फाइनलको ठिक केही घन्टा अगाडि चोरि गरेका खेलाडीहरु समातिए । जसमा टिमबाट खेलिरहेका ४ खेलाडीबाहेक अन्य सबै दोषी ठहरिए ।

उनिहरुले एक स्थानिय पसलबाट सामान चोरी गरेका थिए । पछि जुन कुरा प्रमाणित समेत भयो । त्यसपछि भने विश्वकप नवौं पटक खेल्ने पपुवा न्युगिनिको सपना चक्नाचुर भयो ।

खेलाडीको गल्तिका कारण क्रिकेट जगतमा पपुवा न्युगिनी लज्जित हुन पर्यो । छ्नोटको फाइनल पुगेको जापान भने फाइनल नखेली स्वत विश्वकपमा छानियो । ईतिहास रच्यो …

कस्तो रहयो जापानका लागि विश्वकप ?

यो प्रश्न जस्तो छ त्यसको उत्तर पनि त्यसरी नै दिन उपयुक्त हुन्छ होला । नसोचेको कल्पना भन्दा बाहिरको कुरा एक्कासी पाउँनु हुन्छ भने कस्तो हुन्छ होला ?

हो जापानका लागि त्यस्तै भयो । उत्साह धेरै रहयो । अनुभव तथा सिक्ने बाताबरण बन्यो । ठूला टिमसँग प्रतिष्पर्दा गर्ने अवसर प्राप्त भयो ।

विश्वकपमा समूह`ए´मा रहेको जापान अंकबिहिन समेत हुन परेन । समूह चरणमा जापानले अंक प्राप्त गर्न सफल भयो ।

समूहको पहिलो खेलमा जापान र न्युजिल्याण्डले अंक बाडे । वर्षाले प्रभावित गरेपछी खेल रद्द हुन पुगेको थियो । यसले गर्दा जापान पहिलो विश्वकपबाटै अंकविहिन घर फर्किनु परेन ।

यस्तै जापानले दोस्रो भेटमा साविकको विश्व विजेता भारतसँग खेल्यो । जसमा २२.५ ओभरसम्म जोगिएको जापानले ७ चौका र १ छ्क्का सहित ४२ रन बनायो ।

जसमा ५ खेलाडीले त खाता खोल्न समेत सकेनन । दुई जना खेलाडीले समान ७/७ बनाए र खुशी भए ।

भारतले जापानको चुनौतीलाई मात्र २९ बलमा विना विकेट गुमाएर पूरा गर्यो ।

अब विश्वकपमा जापानले आज श्रीलंकासँग खेल्दै छ् । आशा गरौ जापानले राम्रो खेलोस , विश्व रेकर्ड बन्दै नबोस बनी हाल्यो भने पनि कम बनोस …

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *