onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

आज मेलबर्नले एडिलेडसँग भिड्दै : सन्दीप खेल्ने प्रवल सम्भावना

एजेन्सी – अष्ट्रेलियाको उच्च लिग बिग ब्यासमा आज नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले एडिलेड स्ट्राइकर्सको सामना गर्दैछ ।

नेपाली समय अनुसार दिउँसो १:५५ बाट एडिलेड स्ट्राइकर्सको घरेलु मैदानमा हुने खेलमा मेलबर्न स्पष्ट जितको खोजिमा रहने छ ।

निकै राम्रो लयमा देखिएलो मेलबर्नको अघिल्लो खेल भने सुखद हुन सकेन । त्यसकारण पनि आफ्नो जितको सिलसिलालाई कायम राख्न पनि मेलबर्नलाई जितको आबस्यक रहेको छ ।

मेलबर्न यसअघि जुन वर्षाले समेत प्रभावित गरेको त्यस खेलमा सिड्नी सिक्सर्ससँग २१ रनले पराजित हुन पुगेको छ ।

तर मेलबर्न अहिले पनि अंकतालिकामा भने पहिलो स्थानमै रहेको छ । १२ खेल खेलिसकेको मेलबर्नले १० खेलमा जित हासिल गर्दै २० अंकका साथ पहिलो स्थानमा रहेको छ ।

आज मेलबर्नको सामना गर्न लागेको एडिलेड १३ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।

यता यो खेलमा नेपालका सन्दीप लामिछाने प्लेईङ -११ मा पर्ने प्रवल सम्भावना रहेको छ । जारी लिगमा उनले टिमको जस्तै राम्रो प्रदर्शन गर्दै आएका छ्न । जसको फलस्वरुप अहिलेसम्म उनले १४ विकेट समेत हात पार्न सफल भईसकेका पनि छ्न् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *