onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

सचिन प्रशिक्षकमा नियुक्त

एजेन्सी – भारतिय समर्थकहरुले भगवानको रुपमा लिने महान पूर्व भारतीय खेलाडी सचिन तेन्दुलकर पहिलो पटक प्रशिक्षकमा नियुक्त भएका छ्न ।

सचिनले अष्ट्रेलियामा सहयोगार्थ हुन लागेको बुशफायर च्यारिटी खेलका लागि एक टिमलाई प्रशिक्षण दिने छ्न ।

अष्ट्रेलियामा भएको विनाशकारी डढेलोका कारण नोक्सान पुगेकाका लागि सहयोगार्थ हुन लागेको च्यारिटी खेलमा सचिनले प्रशिक्षकको भुमिका निर्वाह गर्नेछन ।

आउँदो फेब्रुअरी ८ तारिखमा हुने उक्त च्यारिटी खेलमा लेजेन्ड तथा पूर्व अष्ट्रेलियन खेलाडीहरु सहभागी जनाउँदै छ्न ।

सचिनले अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोंटिंग कप्तान रहेको टिमलाई प्रशिक्षण गर्नेछ्न ।

बिग ब्यास फाइनल अघि हुन लागेको उक्त च्यारिटीबाट उठेको रकम अष्ट्रेलियन रेड क्रसलाई प्रदान गरिने बताईएको छ ।

यस्तै क्रिकेट अष्ट्रेलियाले डढेलोले प्रभावित गरेको सामुदायिक क्रिकेट क्लबको सहयोगका लागि २ मिलियन अमेरिकन डलर प्रदान गरिसकेको छ ।

यस्तै  अर्को टिमको कप्तानी शेन वार्नले गर्नेछन् । जसको प्रशिक्षकमा वेस्ट इण्डिजका पुर्व बलर कर्ट्नी वाल्सले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *