onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

भारतिय टोलीलाई ठूलो धक्का : शिखर धवनले न्युजिल्याण्डसँगको टि – ट्वान्टी सिरिज गुमाउँने

एजेन्सी – भारतिय भरपर्दा तथा ओपनर ब्याट्सम्यान शिखर धवनले आगामी न्युजिल्याण्ड भ्रमण गुमाउँने भएका छ्न ।

यहि शुक्रबार देखि सुरु हुन गईरहेको ५ खेलको टि – ट्वान्टी सिरिजबाट शिखर धवन बाहिर रहेका छ्न ।

चोटका कारण उनलाई टिमले आराम दिएको हो । भारत भ्रमणमा आएको अष्ट्रेलिया टोलीसँगको अन्तिम तथा निर्णायक खेलमा शिखर चोटिल हुन पुगेका थिए ।

अष्ट्रेलियाका आरोन फिन्चले सट कभरमा प्रहार गरेको बललाई रोक्ने क्रममा उनको बायाँ काधमा चोट पुग्न पुगेको थियो ।

उनलाई त्यसपछि तत्कालै अस्पताल लगिएको थियो र त्यसपछि उनी ब्याटिङ गर्न पनि आएका थिएनन उनको स्थानमा लोकेश राहुलले ब्याटिङ गरेका थिए ।

पछिल्लो समय निकै राम्रो प्रदर्शन गर्दै आएका धवनको अनुपस्थितिले टिमका लागि भने ठूलो धक्का लागेको छ ।

भारतले न्युजिल्याण्ड भ्रमणका दौरान ५ खेलको टि – ट्वान्टी सिरिज , ३ खेलको एकदिवसीय सिरिज र २ टेस्ट खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *