onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मलेसियन टोलीमाथि नेपाली टोलीको अर्को सानदार जित

काठमाडौं (अनलाइन खेलखवर )| नेपाल भ्रमणमा रहेको मलेसियन टोली फेरी नेपाली टोलीसँग ठूलो अन्तरले पराजित हुन पुगेको छ ।

मंगलबार भएको दोस्रो मैत्रीपूर्ण एकदिवसिय खेलमा क्यान अध्यक्ष -११ ले मलेसिया सेलेक्सन -११ लाई १ सय ७० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

खेलमा क्यान-११ ले प्रस्तुत गरेको २ सय ९१ रनको ठूलो विजयी चुनौतीलाई पछ्याएको मलेसिया टोली २८.४ ओभरमा अलआउट हुँदै मात्र १ सय २० रनमा समिटिन पुग्यो ।

मलेसियन टोलीका लागि ओपनर भुषण सेभले सर्वाधिक २४ रनको योगदान गर्दा सैद अजिजले २८ तथा विरनदीप सिंहले २३ रन बनाएका थिए ।

यस्तै अहमद फैजले १९ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा समेत जोडन नसक्दा टिम कम स्कोरमै रोकिन बाध्य भयो ।

मलेसियन टोलीको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका ललित राजबम्शी र किशोर महतोले समान ३/३ विकेट लिए ।

भने सुशन भारीले २ विकेट लिदा कमल सिंह ऐरी र पवन सरार्फले पनि १/१ विकेट हात पारे ।

यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो ।

नेपालका युवा खेलाडी रोहित कुमार पौडेलले ५७ रन बनाए । रिटायर्ट आउट भएका उनले ५४ बलमा ४ चौका र २ छक्का सहित ५७ रन बनाए ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गरे । उनी पनि रिटायर्ट आउट हुनुअघि ५४ रन बनाएका थिए ।

यस्तै टिमका लागि सुनिल धमलाले २४ रन तथा ओपनर सुवास खकुरेलले ४८ रनमा जोडन सफल भए ।

यता टिमका लागि लोकेश बमले ३४ रनको योगदान गरे । २८ बलको सामना गरेका उनले ४ चौका र २ छक्का सहित उक्त रन बनाए भने विनोद भण्डारीले २१ , पवन सरार्फले १२ र सुसन भारीले १६ रन टिमका लागि थपेका थिए ।

यसअघि पहिलो अभ्यास खेलमा क्यान ११ ले मलेसिया टोलीलाई १ सय ३५ रनको फराकिलो अन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्