onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

रोहित र ज्ञानेन्द्रको अर्धशतक : पाहुना टोली माथि नेपाली टोलीको ठूलो चुनौती

काठमाडौं ( अनलाइन खेलखबर) | विश्वकप लिग -२ को तयारीमा रहेको नेपाली टोली अहिले पोखरामा रहेको छ ।

पोखरामा नेपालले आफ्नो अन्तिम तयारी गरिरहेको छ । तयारीका क्रममा नेपाली टोलीले नेपाल भ्रमणमा आएको मलेसियन टोलीसँग अहिले मैत्रीपूर्ण अभ्यास खेल खेलिरहेको छ ।
र सोही मैत्रीपूर्ण खेललाई निरन्तरता स्वरुप अहिले पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा क्यान ११ र मलेसियन सेलेक्सन -११ बीचको खेल जारी रहेको छ ।

जसअन्तर्गत नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै पाहुना मलेसिया टोलीलाई २ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलमा नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा २ सय ९० रन बनायो ।

नेपालका युवा खेलाडी रोहित कुमार पौडेलले ५७ रन बनाए । रिटायर्ट आउट भएका उनले ५४ बलमा ४ चौका र २ छक्का सहित ५७ रन बनाए ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गरे । उनी पनि रिटायर्ट आउट हुनुअघि ५४ रन बनाएका थिए ।

यस्तै टिमका लागि सुनिल धमलाले २४ रन तथा ओपनर सुवास खकुरेलले ४८ रनमा जोडन सफल भए ।

यता टिमका लागि लोकेश बमले ३४ रनको योगदान गरे । २८ बलको सामना गरेका उनले ४ चौका र २ छक्का सहित उक्त रन बनाए भने विनोद भण्डारीले २१ , पवन सरार्फले १२ र सुसन भारीले १६ रन टिमका लागि थपेका थिए ।

यसअघि पहिलो अभ्यास खेलमा क्यान ११ ले मलेसिया टोलीलाई १ सय ३५ रनको फराकिलो अन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *