onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लिभरपुलको अपराजित यात्रा कायमै : म्यानचेस्टर युनाईटेडमाथि सहज जित

एजेन्सी – ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि सहज जित हासील गरेको छ ।

आईतबार राती लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभर पुलले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

म्यानचेस्टर युनाईटेडमाथि जित निकाल्ने क्रममा लिभरपुलका भर्जिल भान डिजक र मोहम्मद सलाहले समान १/१ गोल गरेका थिए ।

खेलमा लिभरपुलले १४ औं मिनेटमा अग्रता कायम गरेको थियो । लिभरपुललाई सुरुवाती अग्रता दिलाउँने क्रममा भर्जिल भान डिजकले गोल गरेका थिए ।

पहिलो हाफ १-० ले अगाडी रहेको लिभरपुलले दोस्रो हाफको अन्तिम तिर अर्को गोल थप्दा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि सहज जित निकाल्यो ।

दोस्रो गोल खेलको अन्तिमसमयमा मोहम्मद सलाहले गरेका थिए ।

योसँगै लिगमा सानदार प्रदर्शन कायम राखेको लिभरपुल अपराजित रहदै २२ खेलमा २१ मा जित र १ बराबरीसँगै ६४ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा यथावत रहेको छ ।

र पराजित हुन पुगेको युनाइटेडको २३ खेलबाट ३४ अंकका साथ अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्