onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एमएम कपको उपाधि त्रिभुवन आर्मीलाई

सुनसरी ( अनलाइन खेलखबर ) | सुनसरीको इनरुवामा भएको दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले उचालेको छ ।

शनीबार भएको प्रतियोगिताको फाइनल खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मी प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलमा आर्मीले दिएको १ सय ८५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपाल पुलिस क्लब २४.४ ओभरमा अलआउट हुँदै ९९ रनमा सिमित हुन पुग्दा आर्मीलाई उपाधि उचाल्न प्रयाप्त बन्यो ।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ३१ योगदान गरे । यस्तै अमित श्रेष्ठले २३ तथा अनिल कुमार शाहले २१ रन बनाउनु बाहेक अन्य खेलाडीबाट निराशाजनक प्रदर्शन हुँदा पुलिस उप – विजेतामै सिमित हुन पुग्यो ।

बलिङतर्फ आर्मीका सुशन भारीले ४ तथा शाहब आलमले ३ र कुशल मल्ल र विक्रम शोबले पनि १ विकेट लिएका थिए ।

त्यसअघि स्थानीय इनरुवा क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी ४८ .५ ओभरमा अलआउट हुँदै १ सय ८४ रनमा सिमित हुन पुगेको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ठूलो पारी खेले । ६६ बलको सामना गरेका उनले ४ चौका सहित ४० रन बनाएका थिए ।

यस्तै राजेश पुलामीले ४९ बलको सामना गर्दै ४ चौकासहित ३१ रन बनाए ।

भने ओपनर ब्याट्सम्यान राजु रिजालले २२ रनको पारी खेल्दा रोहित विक्रम शोवले १५ रन , कुशल मल्लले १३ र रोहित कुमार पौडेलले११ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न पनि नसक्दा टिम मध्यम स्कोरमा रोकिन बाध्य भएको थियो ।

बलिङतर्फ नेपाल पुलिसका ललित राजबम्शी , सागर ढकाल र दिपेन्लेद्र सिह एरीले समान ३/३ विकेट लिए भने पवन सरार्फले पनि १ विकेट लिए ।

विजेता आर्मीले ४ लाख ५ हजार नगद प्राप्त गर्दा उप – विजेता नेपाल पुलिस क्लबले २ लाख ५ हजार प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्