onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

सन्दीपसँगै बिग ब्यास खेलिरहेका हरिस रउफ पहिलो पटक पाकिस्तानी टिममा

एजेन्सी –  पाकिस्तानको घरेलु मैदानमा बंगलादेशसँग हुन गईरहेको ३ खेलको टि- ट्वान्टी सिरिजका लागि हरिस रउफ पहिलो पटक पाकिस्तानी टोलीमा पर्न सफल भएका छ्न ।

२६ बर्षिय रउफ अहिले अष्ट्रेलियामा रहेका छ्न । जहाँ उनले नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेसँगै एउटै टिमबाट खेलिरहेका छ्न ।

जसमा सन्दीपसँगै हरिस रउफको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । जारी लिगमा मेलबर्न स्टार्सको प्रदर्शन पनि राम्रो हुनुमा उनको योगदान पनि महत्वपूर्ण बन्दै आएको छ ।

हालसम्म मेलबर्न १० खेलबाट ९ खेलमा जित हासिल गर्दै अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

भने हरिस रउफले ७ खेलबाट १६ विकेट लिन सफल भएका छ्न र उनि अहिलेसम्म सर्वाधिक धेरै विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छ्न ।

यहि बिग ब्यासमा उनको प्रदर्शनलाई ध्यानमा राख्दै पाकिस्तान क्रिकेट बोर्डले उनलाई पहिलो पटक टिममा समाबेश गरेको हो ।

यस्तै बंगलादेशसँगको टि – ट्वान्टी सिरिजका लागि बाबर आजमको कप्तानीमा रहेको टोलीमा अहसान अली, अहमद बट, हरिस रउफ , इमाद वसीम, खुशदिल शाह ,मोहम्मद हफीज, मोहम्मद हसनैन, मोहम्मद रिजवान , मोहम्मद मूसा, शादाब खान, शाहीन अफरीदी, शोएब मलिक, उस्मान कादिर रहेका छ्न ।

सिरिज अन्तर्गत पहिलो खेल माघ १० गते हुनेछ भने दोस्रो ११ मा र अन्तिम १३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *