onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

फाइनल पुग्न सुदुरपश्चिमले पायो मध्यम लक्ष्य

सुनसरी ( अनलाइन खेलखवर ) | दीपेन्द्र सिँह एरिको अर्धशतकीय पारीमा दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले सुदुर पश्चिमलाई २ सय ३० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

इनरुवा क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४९ ओभरमा अलआउट हुँदै २ सय २९ रनमा सिमित हुन पुगेको छ ।

पुलिसका लागि दीपेन्द्र सिँह एरिले सर्वाधिक ठूलो योगदान गरे । ७६ बलको सामना गरेका उनले ६ चौका र १ छ्क्काको मद्दतमा ६८ रन बनाए ।

यस्तै ललित भण्डारीले ४० तथा अनिल कुमार साहले ३१ रन , योगेन्द्र सिँह कार्कीले २९ , कुशल भुर्तेलले १७ रनको योगदान गरे ।

बलिङतर्फ सुदुर पश्चिमका विनोद लामा , शेर मल्ल र आकाश चन्दले समान ३/३ विकेट हात पारे । भने सन्तोष भट्टले पनि १ विकेट लिए ।

आजको खेलको विजेताले शनिबार हुने फाइनलमा त्रिभुवन आर्मीसँग प्रतिष्पर्दा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *