onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट गृहपृष्‍ठ

विभागीय टोली पुलिसलाई युवा जोसको चुनौती

सुनसरी ( अनलाइन खेलखबर ) | सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।

जसमा समूहको `बि ´ को विजेताको हैसियतबाट सेमिफाइनल पुगेको नेपाल पुलिस क्लबले समूह`डी ´ को विजेता हुँदै सेमिफाइनल पुगेको सुदुर पश्चिमसँग भिड्दै छ ।

खेल स्थानिय इनरुवा क्रिकेट मैदानमा बिहान ९:३० बजेपछीबाट सुरु हुनेछ ।

तुलनात्मक रुपमा आजको खेलमा विभागीय नेपाल पुलिस सुदुर पश्चिममाथि हाबी हुने देखिएपनी सुदुर पश्चिममा युवा खेलाडीहरुको बाक्लो सङ्ख्या रहेको हुँदा खेल आफ्नो पक्षमा पार्न सफल हुने क्षमता भने राख्छ्न ।

सन्तोष भट्टको कप्तानीमा रहेको सुदुर पश्चिमले विभागिय टोली पुलिसलाई पराजित गर्दै ईतिहास रच्ने सोचका साथ मैदान उत्रिदा पुलिस सुदुर पश्चिममाथि सहज जित हासिल गर्दै फाइनल पुग्न चाहनेछ ।

जारी प्रतियोगितामा पुलिसले समूह चरणमा कर्णाली प्रदेशलाई २६७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा प्रदेश २ लाई ४६ रनले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

यता सुदुर पश्चिमले जारी प्रतियोगितामा उत्तिकै राम्रो प्रदर्शन गर्दै आएको छ । जसमध्य समूहको पहिलो खेलमा सुदुर पश्चिमले पाहुना टोली मलेसिया सेलेक्सन -११ लाई ८ विकेटले पराजित गरेको थियो ।

भने दोस्रो खेलमा सुदुर पश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल पुग्न सफल भएको थियो ।

यता प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बाग्मती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी प्रतियोगिताको फाइनल पुगिसकेको छ। अब यी दुई टिमको विजेतासँग आर्मीले शनिबार उपाधिका लागि भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *