onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीप काठमाडौंबाट ईपीएल खेल्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालका ग्लोबल आईकन सन्दीप लामिछाने आउँदो चैत्र १ देखि १५ गतेसम्म हुन गईरहेको नेपालको चर्चित तथा क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) खेल्ने भएका छ्न ।

बुधबार ईपीएलले आफ्नो आधिकारिक टुईटर ह्यान्डलमार्फत सन्दीप खेल्ने उल्लेख गरेको छ ।

अब सन्दीप लामिछाने काठमाडौं किग्स ईलाभेनबाट यस संस्करणमा खेल्ने छ्न । उनी काठमाडौंमा कति रकममा अनुबन्धित भएका हुन त्यो खुलाईएको भने छैन ।

यसअघि अघिल्लो संस्करणमा उनी ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सबाट सुरुवाती दुई खेल खेलेका थिए ।

ईपीएलकै दौरान अष्ट्रेलियाको उच्च लिग बिग ब्यास परेको हुँदा उनले मात्र २ खेल खेलेर अष्ट्रेलिया पुगेका थिए ।

र अहिले पनि सन्दीप बिग ब्यासका लागि उनी अहिले अष्ट्रेलियामा रहेका छन ।

बिग ब्यासमा मेलबर्न स्टार्समा अनुबन्धित भएका सन्दीपले जारी लिगमा पनि राम्रो प्रदर्शन गरिरहेका छ्न । हालसम्म उनले ९ विकेट पनि लिन सफल भएका छ्न ।

यता उनको टिम मेलबर्नको पनि उत्कृष्ट लय जारी रहेको छ । जसमा ९ खेलबाट ८ खेलमा जित हासिल गर्दै १६ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्