onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एमएम कप सेमिफाइनल : आर्मीलाई प्रदेश ३ को चुनौती

सुनसरी ( अनलाइन खेलखबर ) | सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।

जसमा समूहको `ए´ को विजेताको हैसियतबाट सेमिफाइनल पुगेको त्रिभुवन आर्मीले समूह`सि´ को विजेता हुँदै सेमिफाइनल पुगेको प्रदेश ३ सँग भिड्दै छ ।

खेल स्थानिय इनरुवा क्रिकेट मैदानमा बिहान ९:३० बजेपछीबाट सुरु हुनेछ ।

तुलनात्मक रुपमा आजको खेलमा विभागीय टोली आर्मी प्रदेश ३ माथि हाबी हुने देखिएपनी प्रदेश ३ मा पनि अनुभवी खेलाडीहरुको उपस्थिति रहेको हुँदा आर्मीलाई त्यति सहज पक्कै नहोला ।

सुबास खकुरेलको कप्तानीमा रहेको प्रदेश ३ विभागिय टोलीलाई पराजित गर्दै ईतिहास रच्ने सोचका साथ मैदान उत्रिदा आर्मी प्रदेश ३ माथि सहज जित हासिल गर्दै फाइनल पुग्न चाहनेछ ।

जारी प्रतियोगितामा आर्मीले समूह चरणमा अर्को विभागिय टोली एपीएफलाई १०८ रनले पराजित गर्दा दोस्रो खेलमा घरेलु टोली एमएमसीसि इनरुवालाई १० विकेटले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

यता प्रदेश ३ को पहिलो खेल वर्षाको कारण रद्ध हुन पुगेको थियो । जसबाट प्रदेश ३ र ५ ले अंक बाडेका थिए । त्यसपछि प्रदेश ३ ले १ लाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल पुग्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्