बीसीसीआईको अर्को कडा कदम : प्रवीण ताम्बेले आईपीएल खेल्न नपाउँने

बीसीसीआईको अर्को कडा कदम : प्रवीण ताम्बेले आईपीएल खेल्न नपाउँने

एजेन्सी – भारतीय स्पिनर प्रवीण ताम्बेले यसपटकको ईण्डियन प्रिमियर लिग ( आईपीएल ) गुमाउने भएका छ्न ।

कोलकाता नाइट राइडर्समा आबद्द ४८ बर्षिय स्पिनर ताम्बे जो आईपीएलकै सबैभन्दा पाका खेलाडी हुन ।

जो यसपटक नखेल्ने भएका हुन । युएईमा भएको अघिल्लो संस्करणको टि -१० लिग खेलेका उनले सो लिगकै कारण आईपीएल गुमाउन पर्ने अवस्था आएको हो ।

भारतिय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले सन्यास नलिएका कुनै पनि खेलाडीले विदेशी लिग खेल्नका लागि बोर्डको अनुमती लिनु पर्ने हुन्छ ।

बीसीसीआईको नियमलाई अनुकरण नगरेको भन्दै बीसीसीआईले उनलाई खेल्नबाट रोकेको हो ।

ताम्बेलाई कोलकाता नाइट राइडर्सले उनलाई २० लाख भारतिय रुपिएमा टिममा लिएको थियो ।

आईपीएलका विभिन्न संस्करणमा आफ्नो तारिफयोग्य प्रदर्शन गर्दै आएका ताम्बेले अहिलेसम्म ३ फेन्चाईज टिमबाट खेलिसकेका छ्न ।

जसमध्य २०१३ देखि २०१६ सम्म राजस्थान रोयल्स , गुजरात लायन्स र सनराइजर्स हैदराबादबाट खेलेका थिए ।

जसमा ३३ खेलबाट उनले २८ विकेट लिईसकेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *