onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एमएम कपको सेमिफाइनल समीकरण पूरा

सुनसरी ( अनलाइन खेलखबर ) | सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को सेमिफाइनल समीकरण पूरा भएको छ ।

आईतबार समूह`डी´ को दोस्रो खेलमा गण्डकी प्रदेशमाथि ९ विकेटले जित हासिल गरेपछी प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्दै सुदुर पश्चिम प्रतियोगिताको सेमिफाइनल पुग्न सफल भएपछी सेमिफाइनल समीकरण पूरा भएको हो ।

अब सुदुर पश्चिमले सेमिफाइनलमा माघ २ गते समुह ` बि´ को विजेता नेपाल पुलिससँग खेल्नेछ । त्यसअघि माघ १ गते पहिलो सेमिफाइनलमा प्रदेश १ ले त्रिभुवन आर्मीको सामना गर्नेछ ।

यता प्रतियोगिताको फाइनल खेल माघ ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ४ लाख ५ हजार तथा उप विजेताले रु २ लाख ५ हजार प्राप्त गर्नेछ्न ।

यस्तै सेमिफाइनलमा पुग्ने टोलिले नगद ३० हजार प्राप्त गर्दा सर्वोउत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछ्न । भने उत्कृष्ट बलर र ब्याट्सम्यानले जनहि २१/२१ हजार प्राप्त गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्