onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पाहुना टोली मलेसियामाथि सुदूरपश्चिम प्रदेशको सानदार जित

सुनसरी ( अनलाइन खेलखबर )| इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विजयी सुरुवात गरेको छ ।

शनिबार भएको समूह` डी ´ को पहिलो खेलमा सुदूरपश्चिमले पाहुना टोली मलेसिया सेलेक्सन -११ लाई ८ विकेटले पराजित गरेको छ ।

खेलमा मलेसियाले प्रस्तुत गरेको ५० रनको झिनो लक्ष्यलाई सुदूरपश्चिमले ७.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमलाई प्रतियोगितामा सानदार जित दिलाउने क्रममा ब्याटिङमा लोकेश बम र खडक बोहराले अविजित रहदै समान १५/१५ रन बनाए । भने गजेन्द्र बोहराले ११ रन तथा अरुण एरि ६ रन जोडे ।

त्यसअघि स्थानिय इनरुवा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया टोलीले निकै खराब ब्याटिङ गर्ने क्रममा २२ ओभरमा अलआउट हुँदै ४९ रनमा सिमित हुन पुगेको थियो ।

खेलमा पहिलो ओभरको चौथो बलमा टिमको स्कोर ५ रन हुँदा पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान भुसन सेभलाई ब्यक्तिगत ४ रनमा गुमाएको थियो ।

पहिलो ओभरबाटै विकेट पतन सुरु भएको मलेसियाको त्यसपछि लगातार विकेट गईरहयो । जसमा ८.३ ओभरमा मात्र १३ रन हुँदा मलेसियाले आफ्नो महत्वपूर्ण ६ विकेट गुमाईसकेको थियो ।

मलेसियाका लागि भिरनदिप सिँहले २२ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अंक जोडन नसक्दा टिम निकै कम स्कोरमा रोकियो ।

मलेसियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका शेर मल्ल एक्लैले ५ विकेट लिए । आफ्नो स्पेलको १० ओभर पुरै बलिङ गरेका शेरले ३ ओभर मेडन राख्दै ११ रन खर्चिएर ५ विकेट लिए ।

यस्तै विनोद लामाले ४ विकेट तथा किरन थगुनाले १ विकेट लिए ।

जारी प्रतियोगितामा प्रदेश ३ , त्रिभुवन आर्मी र नेपाल पुलिस सेमिफाइनल पुगिसकेका छ्न । अब आईतबार हुने खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई पराजित गरेको खण्डमा समूह`डी ´ को विजेताको हैसियतबाट सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्