onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पुछारको सरस्वतीमाथि जित निकाल्दै आर्मी शीर्ष स्थानमा उक्लियो

काठमाडौं ( अनलाइन खेलखबर )| सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्षस्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा अंकतालिकाको पुछारमा रहेको सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेपछी आर्मी लिगको शीर्षस्थानमा उक्लिएको हो ।

सरस्वतीविरुद्द जित हासिल गर्ने क्रममा आर्मीका जर्ज प्रिन्स कार्कीले गरेको एक मात्र गोल निर्णायक हुन पुग्यो ।

उनले खेलको ३० औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको आर्मीले ५ खेलबाट १२ अंक जोडेको छ । भने पराजित सरस्वतीले अहिले सम्म ५ खेलमा ५ वटै गुमाउँदै अंकतालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्